देशमै रोजगारीको अवसर दिएर युवालाई विदेशिन बाट रोकौं प्रभू साह

  Sampatti News Online

June 21, 2023

रौतहट ६ असार। आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री सांसद प्रभु साहले देशमै रोजगारीको अवसर दिएर युवालाई विदेशिन बाट रोक्नुर्नेमा जोड दिएका छन। पछिल्लो केहि वर्षदेखि देशमा बेरोजगारको समस्या दिनदिनै विकराल बनेको बताउँदै नेपालमा रोजगारीको सम्भावना छ कि छैन्  संघिय सांसद साहले प्रश्न गरेका छन् । प्रतिनिधि सभाको  बैठकमा मन्त्रालयगत छलफलमा भाग लिँदै सून्य समयमा उनले देशमा रोजगारीको अवसर श्रृजना गर्नेमा कतै बाट पहल नभएकाे जिकिर गरेका थिए।

नेता साहले भने,‘स्वदेशमै सम्भावना छ भने त्यस्तो योजना यो बजेटमा केही कुनै ब्यवस्था छैन् । मुलुकमा रोजगारीको सम्भावना छैन भने जिम्मेवारीमा बस्न मिल्छ उनले प्रति प्रश्न गरेका थिए । नेपाल खाडी मुलुकभन्दा खराब छ र ? नेपाल सबै हिसाबले समृद्ध रहेको छ। बहादुर र श्रमजिवीको देश नेपाल हो । त्यसैगरी प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो इतिहास गौरवपूर्ण छ । अनि हामी कसरी पछि पर्यौं पूर्व मन्त्री प्रभू साहले भने म शासन सत्तामा बसेकाहरुलाई सोध्न चाहन्छु ।

आमजनता पार्टिका अध्यक्ष साहले देशमा मजदुरले मजदुरी नगरी ज्याला पाउने अवस्था नभएको विडम्बना सुनाएका थिए। त्यस्तै हाल वैदेशिक रोजगारीको नाममा जताततै ठगी व्याप्त रहेको पनि उनको गुनासो छ । उनले भने मुलुक भित्रै कामको सिलसिलामा बाहिर जाँदा वैदेशिक रोजगारीको नाममा ठगी मौलाएको छ। बैदेशिक रोजगारीको नाउँमा ठगी गर्ने मेनपावर , त्यसको साक्षी बनेका विभिन्न देशका राजदुत कारबाहीमा परेको थाहा छैन् । अहिले  घरघरमा विदेश पठाउने नक्कली एजेन्ट घुमिरहेका छन् । यो रोक्न जरुरी छ । नेपाली मजदुर जो विदेशमा तड्पिरहेका छन्, उनीहरुलाई संरक्षण गर्न नेता साहले सरकारको धयानाकर्षण गराएका थिए।

नेता प्रभु साह संसदमा सम्बोधन गर्दै  राजश्वको पैसा व्यक्तिको खातामा पुर्याउँदा कति कमिशत आउँछ भन्दै अर्थमन्त्रीलाई प्रश्न गरेका थिए । उनले लुटको राज अन्त्य गर्न पनि सरकार समक्ष आग्रह गरेका छन् । क्रमागत योजना हटाउन मिल्छ भन्दै नेता साहले प्रश्न गरेका छन् । प्रचन्ड नेतृत्वको वर्तमान सरकार बिगतका सरकारहरुकै अविछिन्न उत्तराधिकारी भएकोले पूर्वाग्रही ढंगले क्रमागत योजना हटाउन नमिल्ने टिप्पणी गरेका थिए। उनले यसको लागि मानवीयता हेर्नुपर्ने औंल्याएका थिए । साहले स्मार्ट सिटी बन्नुपर्नेमा जोड दिँदै स्मार्ट सिटि अर्थात शहरको खोजीमा गाउँ उजाड भैरहेको कुरा बिर्सन नहुने उनले प्रस्ट्याएका थिए।

सञ्जय मिश्रा 

प्रकाशित मिति:June 21, 2023