चोरीको मोटरसाइकल सहित बाराका सहनी काठमाडौंमा पक्राउ

  Sampatti News Online

June 21, 2023

रौतहट ६ असार। पाटन अस्पताल अगाडिको पार्किङबाट चोरी भएको मोटरसाइकलसहित  बाराको करैयामाई गाउँपालिका-५ का रामकिशोर सहनीलाई प्रहरीले काठमाडौंको  मनमैजुबाट पक्राउ गरेको छ ।

सहनीले कुदाइरहेको मोटरसाइकल काठमाडौंको तार्केश्‍वर नगरपालिका २ बस्ने गजेन्द्र लामा तामाङको हो । तामाङले वैशाख २६ गते पाटन अस्पताल अगाडि पार्किङ गरेका थिए । त्यहीँबाट उनको मोटरसाइकल चोरी भएको थियो । चोरी भएको करिब डेढ महिनापछि प्रहरीले सोमबार फेला पारेको छ ।

तामाङको वाग्मती प्रदेश-०२-०४० प १८२६ नम्बरको २ सय २० सीसीको पल्सर मोटरसाइकल हराएको भनी परेको जाहेरीका आधारमा प्रहरीले सोमबार मोटरसाइकलसहित सहनीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

प्रकाशित मिति:June 21, 2023