सार्वजनिक यातायातमा ४५ प्रतिशत छुटको माग गर्दै आम विद्यार्थी मोर्चा द्वारा प्रदर्शन पछि ज्ञापनपत्र

  Sampatti News Online

June 21, 2023

बिरगंज ६ असार। प्रभू साह नेतृत्वको आमजनता पार्टी निकट आम विद्यार्थी मोर्चाले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुटको माग गर्दै बिरगंज

स्थित प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ। बुधवार 

दर्जनौं को संख्यामा गएका आम बिद्यार्थी मोर्चाका विद्यार्थीहरुले  बिरगजमा बिरोध जुलुस प्रदर्शन पछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो।

नेपाल सरकारले सार्वजनिक यातायातमा बिद्यार्थीलाई ४५ प्रतिशत भाडामा छुट दिने व्यवस्था काठमाडौंमा मात्र सिमित भएकाे छ। कलैया, जितपुर, पोखरीया लगायत दर्जनौं स्थान बाट  अध्ययनको लागि सार्वजनिक यातायातमा दैनीक आउने सैयौं बिद्यार्थी लाई नियमानुसार भाडामा ४५ प्रतिशत छुट दिइनुपर्ने मोर्चाले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

सरकारले निर्धारण गरेको विद्यार्थीको लागी छुट सुबिधा लागू नभएमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी मोर्चाले दिएको छ।

आम बिद्यार्थीको केन्द्रीय ईञ्चार्ज  उमेश कुशवाहाको नेतृत्वमा गएको बिद्यार्थी को टोलीमा केन्द्रीय अध्यक्ष बिबेक साह, मधेस प्रदेस इन्चार्ज बिकास झा, मधेस प्रदेस सह- इन्चार्ज दिपेन्द्र साह तथा प्रदेस अध्यक्ष राकेश बैठा लगायत पर्सा, बारा, रौतहटका दर्जनौं विद्यार्थीको सहभागीता रहेको थियो।

सञ्जय मिश्रा 

प्रकाशित मिति:June 21, 2023