पूर्व मेयर कुशवाहा द्धारा १०५ फीटको महादेव मुर्तिको शिलान्यास

  Sampatti News Online

June 22, 2023

रौतहट ७ असार। रौतहटको कटहरिया नगरपालिकाका पूर्व मेयर सियाराम कुशवाहाले १०५ फिट अग्लो महादेव भगवानको मूर्ति निर्माणको लागि शिलान्यास गरेका छन।

कटहरिया नगरपालिका १, बड़ेरवा टोलमा रहेको रामजनकी मठमा १०५ फिट अग्लो मुक्तेश्वर महादेवको मूर्ति निर्वाण गर्न  पूर्व मेयर कुशवाहा बुधवार बिधिवत रूपमा शिल्यानाश गरेका हुन्। ब्यक्तिगत र केही दाताको सहयोगमा कुल ५० लाख रुपैयाँको लागतमा उक्त महादेवको मूर्ति निर्माण गरिने लक्ष्य रहेको पूर्व मेयर कुशवाहाले जानकारी दिएका छन। शिलान्यास समारोहमा दर्जनौं स्थानियहरुको सहभागीता रहेको थियो।

प्रकाशित मिति:June 22, 2023