राजदेवीको १० औ नगरसभा बाट साढे ४६ करोडको बजेट विनियोजन

  Sampatti News Online

June 22, 2023

रौतहट ६ असार। झण्डै साढे ४६ करोडको बजेट विनियोजन गर्दै राजदेवी नगरपालिकाकाे १० औं नगरसभा सम्पन्न भएको छ। राजदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी बुधवार बजेट तथा निति कार्यक्रम प्रस्तुत गर्दै नगर सभा संपन्न भएको हो।

जनमुखी स्थानीय सरकार,विकास र समृद्धिको आधार भने मूल नारा सहित आयोजित नगरसभामा मेयर भिखारी प्रसाद यादवले आर्थिक बर्ष २०८०/०८१ को लागि निति तथा कार्यक्रम कार्यान्वयन गर्न ४६ करोड़ ४० लाख १५ हजार रुपैयाको बजेट प्रस्तुत गरेका थिए।
चालू तर्फ ११ करोड़ ४१ लाख ५० हजार तथा पूंजीगत खर्च तर्फ ९ करोड़ ३८ लाख ६५ हजार रुपैया खर्चको लागि बजेट विनियोजन गरिएको छ ।  , सिचाई , कृषि कहती ,सहकारी प्रबर्दन ,नदी नाला ,पोखरि ,संरक्षण , युवा हरुलाई स्वरोजगारको लागि सीपमूलक तालीम , पर्यटन तथा सस्कृति विकास , पुरातात्विक बस्तु को खोज तथा व्यवस्थापन लाई बिशेष प्राथमिकतामा राखीएको छ।
सामाजिक विकास तर्फ गुणस्तरीय ,स्वच्छ प्रतिस्पर्धात्मक अध्यन अध्यापन प्रणालीमा जोड़ दिइएको छ ।
बैज्ञानिक सिचाई प्राविधि, नगरपालिका भित्र प्रतीक्षालय , सार्वजानिक शौचालय ,प्रत्येक वड़ा लाइ जोड़ने रिंग रोड,सड़क ,पुल ,कलभर्ट , कृषि भूमिमा सिचाई उपलब्ध गराउने तर्फ जोड दिईएको छ।
नगर सभामा जिल्ला समन्वय समिति रौतहटका सभापती राम अयोध्या प्रसाद यादव, उपमेयर राजकुमारी देवी , प्रमुख प्रशाकिय अधिकृत प्रलव कायस्थ , वड़ा अध्यक्षहरू लगायत निर्वाचित जनप्रतिनिधि विभिन्न दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो।

सञ्जय मिश्रा 

प्रकाशित मिति:June 22, 2023