जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  Sampatti News Online

June 23, 2023

काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। 

शहीद लखन– ३ चिलिङकोटबाट बेहुली लिएर शहीद लखन– ५ ताक्लुङतर्फ फर्कंदै गरेको प्रदेश ३-०१–०२३च ४४२७ नम्बरको जीप गए राति दुर्घटनामा परेको हो। 

लामिछानेका अनुसार हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। मृतकमध्ये चार पुरुष र एक महिला छन्।

गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार घटना लगत्तै प्रनाउ लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो। अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्। जीप सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ।

प्रकाशित मिति:June 23, 2023