मृतक सवैको पहिचान खुल्यो: गोरखा जिप दुर्घटना

  Sampatti News Online

June 23, 2023

गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  लीलाराज कोइरालाले जानकारी दिए ।

उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डिएसपी लामिछानेले बताए । उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।

सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो । घट्ना लगत्तै डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति:June 23, 2023