ईशनाथमा ५० करोडकाे बजेट पारित गर्दै सातौं नगरसभा सम्पन्न

  Sampatti News Online

June 23, 2023

रौतहट ८ असार। रौतहटको दक्षिणि भेग ईशनाथ नगरपालिकामा ५० करोड भन्दा बढीको बजेट विनियोजन गर्दै   सातौं नगरसभा बिहिबार सम्पन्न गरेको छ ।
नेपाल सरकारले तोकेको तिथी भित्रै ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न भएको हाे।
स्थानीय सरकार, विकास र समृद्धिकाे मुल आधारका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख काैशल्या देवी सिनहा ले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रमकाे लागी  ५० कराेड ६९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गरेकि थिईन।
मेयर सीनहा द्वारा प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ३० कराेड ८८ लाख ४७ हजार तथा पुँजीगत तर्फ १९ कराेड १२ लाख २२ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। त्यस्तै  पुँजीगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत भूदेव झाले बताएका छन।

प्रकाशित मिति:June 23, 2023