गरुडाका मेयर द्धारा छोरीको बिहेमा २५ हजार सहयोग

  Sampatti News Online

June 23, 2023

रौतहट ८ असार। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले एकजना विपन्नको छोरीको बिहेमा नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

पूर्व घोषीत कार्यक्रम अनुसार नगरपालिकाकाे आफ्नै कार्यकक्षमा  गरुडा ५ महमदपुरका   बाला लखिन्द्र दासको छोरीको विहेमा खर्च वापत मेयर जैसवालले  नगरपालिका द्वारा  पचीस हजारको चेक प्रदान गरेका थिए।

अतिविप्पन तथा दलित गरिब परिवारको छोरीको विहेमा ठूलो आर्थिक समस्या हुने गरेको कारण नगरपालिकाले त्यस्ता परिवारलाई आर्थिक सहयोग गरेको मेयर कन्थ मणि जैसवालले बताएका छन्।

प्रकाशित मिति:June 23, 2023