सामानसहित एउटा माेटरसाइकल प्रहरीको नियन्त्रणमा

  Sampatti News Online

June 25, 2023

कञ्चनपुर । भन्सार छलिको सामानसहित माटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ भुजेलाघाटस्थित सीमा ईलाकाबाट आज आइतबार सशस्त्र प्रहरीले ४ लाख १७ हजार ८ सय २० रुपैयाँ बराबरको भन्सार छलिको सामान र एउटा मोटरसाइकल नियन्त्रमा लिएको हो ।

प्रतावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (बिओपी गड्डाचौकी) कञ्चनपुरले उल्लेखित मूल्य बराबरको हार्डवयर र किराना सामानसहित म २ प ६४७४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो । बरामद सामान र नियन्त्रण लिइएको मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

प्रकाशित मिति:June 25, 2023