चन्द्रनिगाहपुरमा ब्राउन शुगर सहित गुरो पक्राउ

  Sampatti News Online

June 26, 2023

रौतहट ११ असार । रौतहटको उत्तरी भेग पूर्व पश्चिम महेन्द्र राजमार्ग सँग जोडिएको चन्द्रनिगाहपुरबाट लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३० वर्षीय बिवेक गुराे रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमूख डिएसपि एक नारायण कोईरालाले बताएका छन्।

 चन्द्रपुर  ४ स्थित चेकजाँच गर्ने क्रममा गुरोको शरीरमा लुकाएर राखेका १.४६० ग्राम ब्राउन शुगर बरामद भएको डिएसपि कोईरालाले जानकारी दिएका छन्। गुरोले प्रयोग गरेको ना ५८ प ४२४६ नम्वरको स्पेलेण्डर मोटरसाईकल सहित उनी नियन्त्रणमा रहेको तथा जिल्ला अदालत गौरबाट म्याद थमाई अनुसन्धान भई रहेको  प्रहरीले सार्वजिक गरेको छ ।

प्रकाशित मिति:June 26, 2023