४ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

  Sampatti News Online

July 1, 2023

काठमाडौँ । लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा उनीहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०१-००६ ख १८०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जीवन तामाङ, बा२१च ६५९ नम्बरको जीप चालक ललितपुरको इमाडोलका २३ वर्षीय विकेश विष्ट, बा११च ३९४० नम्बरको कार चालक काठमाडौँको जोरपाटीका २६ वर्षीय सनम थापा र प्रदेश ३-०१-०२३ च १४१२ नम्बरको पिकअप चालक काठमाडौँ महानगरपालिका ३५ का ३५ वर्षीय माधव गुरुङ रहेका छन् ।  

नियन्त्रणमा लिएका ‍चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको छ ।

प्रकाशित मिति:July 1, 2023