करुनियामा पनि मनाईयो धान दिवस

  Sampatti News Online

July 1, 2023

रौतहट १६ असार। असार १५ अर्थात मानो रोपेर मुरी फलाउने दिन  जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ रौतहटमा पनि दही चिउरा खाएर  धान दिवस भव्यताका साथ मनाईएको छ । असार १५ को  दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी फलाउने यो दिन खेतमा धान रोपिन्छ ।किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ । यसै परम्परा अनुसार रौतहटको सदरमुकाम गौर, गरुडा, चन्द्रनिगापुर, देवाहि गोनाहि लगाएतका स्थानमा छुट्टाछुट्टै कार्यक्रको आयोजना गरी धान दिवस मनाईएको छ। देवाहि गोनाहि १ करुनीयामा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघको आयोनामा विभिन्न कार्यक्रम गरी धान दिवस भव्यताका मनाईएको छ।

संघका जिल्ला अध्यक्ष किशोरी महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि एमाले केन्द्रिय सदस्य ,पुर्व सांसद  रेखा कुमारी झा   प्रदेश सांसद  केशव चौधरी , प्रदेश सचिवालय सदस्य  मणिशंकर निधि ,देवाही गोनाही उप-प्रमुख  परनिया देवि  ,प्रदेश कमिटी सदस्य .रुपनारायन दास , रौतहट प्रचार बिभाग प्रमुख रुपेश पटेल ,किसान नेता भारत पटेल , दिपक यादव ,नगर अध्यक्ष ब्राह्मदेव राउत लगायत नेता कार्यकर्ताहरुको उपस्तिथिमा रहेको थियो।

प्रकाशित मिति:July 1, 2023