मधेश प्रदेशमा ट्राफिक इन्स्पेकटर कठायत संगै ३ जना सम्मानीत

  Sampatti News Online

July 4, 2023

रौतहट । मधेश प्रदेशमा उत्कृष्ट हुने एकजना ट्राफीक प्रहरी इंस्पेक्टर संगै तीनजना नगद पुरस्कार सहित कादरपत्र बाट सम्मानित भएका छन। जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटकी प्रमुख ईन्सेक्टर बिमला कुमारी कठायत, प्रदेश ट्राफीक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दिपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत साहायक हवलदार राजकुमार कलवार सम्मानीत भएका हुन।  ढल्केवर स्थित शनिवार एक समारोह बीच नाडाका अध्यक्ष डाक्टर ध्रुब थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेश प्रदेश ट्राफीक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगद सहित कदरपत्र बाट इन्सपेक्टर कठायत लाई सम्मानीत गरेका थिए। त्यस्तै असई बस्नेत र साहायक हवलदार कलवार लाई पनि नगद तथा कदरपत्र बाट सम्मानीत गरिएको थियो।

 इन्सपेक्टर कठायत लगायत तीनैजना ट्राफीक सेवामा रही पुर्याएको विशेष योगदानको उच्च मू्याङ्कन सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थान कार्यालय पथलैया वाराका  प्रमुख एसपी सन्तोष कुमार भट्टराईले उक्त पुरस्कारको लागि नाम सिफारिस गरेको थियो।  मधेश प्रदेशमा प्रत्येक बर्ष ट्राफीक प्रहरीमा उत्कृष्ट हुने ३ जनालाई सम्मानीत गर्दै आएको ट्राफीक प्रहरी कार्यालय रौतहटले जनाएको छ। कार्यक्रममा मधेश प्रदेशका उच्च स्तरका ब्यापारी तथा प्रहरी प्रमुखको सहभागीता रहेको थियो।

सञ्जय मिश्रा 

प्रकाशित मिति:July 4, 2023