एडीबीको ५४ करोडको याेजनामा आश्रयको मानपरी, आरसिसीको सट्टा पिसिसि

  Sampatti News Online

July 4, 2023

रौतहट १९ असार। रौतहटको कटहरीया स्थित एसियाली विकास बैंकको करोडौंको लगानीमा निर्माण भईरहेको ढल तथा नालामा ठेकदार कम्पनी आश्रय निर्माण सेवाले व्यापक रूपमा मनपरी गरीरहेको पाईएको छ। कन्टेन्ट ईन्जिनियर आरसीसी ढलान गर्न निर्देशन दिएको बावजूद आश्रयले मनपरी पिसीसी ढलान गरीरहेको देखिएकाे छ।
तेस्रो सानोसहरी तथा खानेपानी कार्यालय ईटहरी द्वारा ५४ करोडको टेण्डर आहृवान गर्दा आश्रय निर्माण सेवाले घटाघटमा ३४ करोडमा टेण्डर साकार गरेको थियो। पुर्व मन्त्री प्रभू साहको पहल तथा तत्कालिन मेयर सियाराम कुशवाहाले कटहरीया नगरपालीका बाट १५ प्रतिशत लगानी गर्ने लिखीत सहमती गरेपछी याेजना स्वीकृत भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले बताएका छन।
त्यत्रो ठूलो लगानीको याेजना आश्रयले समयमै पुरा गर्नुपर्नेमा त्यसो नगरी मनपरी तरिकाले पेटी ठेकदार मार्फत निर्माण काम गराईरहेका छन।
एडीबीको करोडौं लगानीको उक्त काम आश्रयले निर्माण सेवाले आफैं नगरी सानासाना पेटी ठेकदार मार्फत गराईरहेकाले पूर्णरुपमा गुणस्तरहीन काम भइरहेको स्थानीयले समाजसेवि दीनानाथ साहले बताएका छन।
कटहरीया नगरपालीका ४ र ५ वडामा एकैपटक झन्डै १६ किलोमिटर लामो ढल तथा नाला निर्माणकाे काम संभवत सिङ्गो प्रदेशमै पहिलो रहेको छ।
त्यतिमात्र नभई कन्सल्टेन्ट ईन्जिनियरको निर्देशन विपरीत आश्रयको पेटी ठेकदारले फलामको रड राखेर आरसीसी ढलान गर्ने दर्जन स्थानमा ईटा राखेर पिसिसी ढलान गरेकाे पाईएको छ।
ढल तथा नाला निर्माणकाे अन्तिम चरणमा ठेकदार कम्पनी आश्रय निर्माण सेवाले थप जथाभावि गरीरहेका छन।
कटहरीया बजारको मूल बाटोमा दुवैतर्फ निर्माण गरिएको ढल तथा नालाको मूख्य प्वालको बिर्को अर्थात (मेन होल कौभर) निर्माणमा
फलामको बलियो रडको जाली बनाएर प्वाल माथी राखेर त्यसमाथि फलामको बिर्को राख्नुपर्ने स्टीमेट तथा ड्रोईङ् रहेको कन्सल्टेन्ट ईन्जिनियर धनराज साहले बताएका छन।
फलामको जाली सहितकाे ढलान माथी बिर्को राख्दा मुल बाटोमा ठूला ठूला गाडी आउँदा जाँदा पनि कुनै समस्या नहुने ईन्जिनियर साहले जानकारी दिएका छन।
तर आश्रयका पेटी ठेकदारले ढलको प्वाल माथी बिर्को राख्दा फलामको जालीको सट्टा इँटा राखेर ढलान गरेकाे पाइएको छ।
मुख्य रोड बजारमा वडा ५ का अध्यक्ष सर्गलाल गुप्ताको घर अगाडी त्यसरी इँटा राखेर गरिएको ढलान माथी बाट एउटा खालि स्कारपियो गाडी जाँदा ढलान भत्कीएको थियो।
उक्त ढलान बारे कन्सल्टेन्ट ईन्जिनियर धनराज साहलाई वडा अध्यक्ष गुप्ताको रोहवरमा बोलाएर स्थानीयले सोधेपछि उनले स्टीमेटमा रडको जाली बनाएर ढलान गरेपछी मात्र फलामको बिर्को राख्नुपर्ने बताए। त्यतिमात्र नभई ईन्जिनियर साहले आश्रयको ईन्जिनियर लाई स्टीमेट अनुसार निर्माण गर्न पटकपटक भन्दा पनि बलपूर्वक आरसिसिको सट्टा पीसिसी ढलान गरेकाे उनको भनाई छ।
ईन्जिनियर साहले भनेपछि वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले खोजबिन गर्दा बजार क्षेत्रमा ११ ठाउँमा मूल बाटोमा नालाको प्वाल माथी आरसिसी ढलानको सट्टा पीसीसी ढलान भेटिएको छ। यसरी मूल बाटोमा ढल तथा नालाको प्वाल माथी गरिएको पिसिसी ढलान पूर्ण रूपमा गुणस्तरहीन रहेकाले केहि महीना भित्रै सबै भत्किने भनेर वडा अध्यक्ष कुशवाहाको निर्माण काम रोक्का गरेका छन।
यस अघि पनि आश्रय निर्माण सेवाले कटहरीया ४ र ५ मा निर्माण गरेको ढल नाला पुर्ण रुपमा गुणस्तरहिन काम भएको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन।
करोडौं लगानीको योजनाको काम हुने क्रममा निर्माण कम्पनी, कन्सल्टेन्ट र नेपाल सरकारको ईन्जिनियरको रेखदेखमा हुनेगर्दछ।
एडीबीको करोडौंको लगानिमा कटहारियामा ढल तथा नालाको निर्माण हुँदा सरकारका ईन्जिनियर अमरेन्द्र कुमार यादव भने मुकदर्शक बनेका छन।
आश्रय निर्माण सेवाका प्रोजेक्ट मनेजर अजय गुप्ताले भुलबस आरसीसीको सट्टा भएकाे पीसीसी ढलान भत्काएर पुनः स्टीमेट अनूसार निर्माण हुने भन्दै पान्छिएका छन।
तेस्रो साना सहरी तथा खानेपानी ईटहरिका प्रमुख डीई महेशी महतोले एडीबीको करोडौंको लगानीको निर्माणमा गुणस्तर संग कुनै सम्झौता हुन नसक्ने बताएका छन।
करोडौंको लगानीको काम गुणस्तरहिन र समयमै पुरा नगर्ने पप्पू निर्माण सेवाका पूर्व अध्यक्ष पूर्व सांसद हरिनाराण रौनियार अहिले प्रहरीको हिरासतमा रहेका छन्। उनकै अनुवाई बनेर उनी जस्तै काम गरिरहेका आश्रय निर्माण सेवाका सञ्चालक संतोष साह कुन दिन कार्वाहिको दायरामा पर्छन भन्न सकिन्न।

सञ्जय मिश्रा

प्रकाशित मिति:July 4, 2023