चोंचा बनको प्रमुखमा पुनः राजेश आएपछि तस्करको भागा-भाग

  Sampatti News Online

July 4, 2023

रौतहट १९ असार । लामाे समयको अन्तराल पछि रौतहट स्थित सेक्टर वन कार्यालय चौंचाको प्रमुखको रूपमा राजेश साहले जिम्मेवारी पाएपछि काठ तस्करको भागाभाग भएको छ।

पछिल्लाे समय बन कर्मचारी कै मिलोमतोमा काठ तस्करी गरेर मोटाएका तस्करहरु चौंचा सेक्टर वन प्रमूखमा राजेश साह आएपछि भागाभाग भएको हो।

चारदिन अघिमात्र कार्यालय प्रमुखको जिम्मेवारी पाए संगै उनि राष्ट्रीय तथा सामुदायीक बनको सुरक्षामा अहोरात्र खटिएका छन्।

अधिकृत राजेश साहको कमाण्डमा गएको गस्ती टोलीले आईतवार राति दुर्इवटा साईकल सहितकाे अवैध सालको काठ बरामद गरेको छ।

६ जन्ना  तस्करले  २ वटा साइकलमा सालको २ थान काठ गोलिया चोचाको जङलबाट काटेर ठुलिको लिक हुदै हरिहरपुर लैजाने क्रममा सुराकिको आधारमा चोचा बनका कर्मचारीहरु बाटो छोपि बस्दा तस्करहरु साईकल समेत काठ छोडेर भागेका थिए।  बजार भाउमा झन्डै६०हजार मूल्य बराबरको १५  क्युफिट सालको काठ र साईकल बरामद गरी आवश्यक कार्वाहिको लागी सेक्टर वन कार्यालय चोचामा लागिएको तथा थप अनुसन्धान भइरहेको प्रमूख राजेश साहले जानकारी दिएका छन।

प्रकाशित मिति:July 4, 2023