गुडिरहेको ट्रकमा करेन्ट लागेर रौतहटका खलासीको मृत्यु

  Sampatti News Online

July 4, 2023

रौतहट १९ असार। सर्लाहीको ग्रामीण भेगमा गुडिरहेको एउटा ट्रकमा करेन्ट लागेर रौतहट घर भएका खलासीको मृत्यु भएको छ । करेन्ट लागेर ट्रकको चालक गम्भीर घाइते भएका छन्।

चन्द्रनगर गाउँपालिका-७ मा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकका खलासी रौतहटको वृन्दावन नगरपालिका २ विश्रामपुरका २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको सर्लाही प्रहरिले जनाएको छ।

 ट्रकका खलासी मुखियाको घटनास्थलमै भएको प्रहरीले जनाएको छ।घटनामा ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएर  सामान्य उपचारगरी थप उपचारको लागि वीरगन्ज लगिएको छ।

सोमबार चन्द्रनगर गाउँपालिका ७ बाट धानको भुस लिएर सर्लाहीकै ब्रह्मपुरीतर्फ जाँदै गरेको ट्रक हाई भोल्टेजको बिजुलीको तारमा छोइँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सञ्जय मिश्रा 

प्रकाशित मिति:July 4, 2023