बिधालय लाई जागा दिने दाताको सालीक निर्माण

  Sampatti News Online

July 10, 2023

रौतहट २५ असार। रौतहटको पुरविभेग दूर्गा भगवती गाउँ पालिका अन्तर्गत एक सामुदायीक विद्यालयलाई जग्गा दान गरेका दाताको सालीक निर्माण गरिएको छ।

शिक्षाकै इतिहासमा पहिलो पटक, गाउँ पालिका अध्यक्ष श्री शम्भु सिंहको पहलमा  ज़िल्लाकै दोस्रो विद्यालय  सरस्वती मावि गंगापिपरा को जग्गा दाता स्व. सर्जुग प्रसाद सिंहको सालिक निर्माण गरिएको छ। अध्यक्ष सिंहले जग्गा दाता स्वर्गीय सिंहको सालिक बनाई एतिहासिक सम्मान दिनु को साथै शिक्षा क्षेत्रमा दीप प्रजोलन गरेकाे वडा अध्यक्ष धमेन्द्र कुमार झाले जानकारी दिएका छन।

प्रकाशित मिति:July 10, 2023