रौतहटमा कोदालो चलाउदै,एक किसानक‍ो मृत्यु , प्रभू साह द्वारा राहतको माग 

  Sampatti News Online

July 10, 2023

रौतहट २५ असार 

रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३  मौलापुर नगरपालिका अन्तर्गत खेतमा कोदालो चलाईरहेको अबस्थामा एकजना किसानको मृत्यु भएको छ। आफ्नै खेतमा कोदालो चलाईरहेको अबस्थामा मौलापुर ९ सोनरनिया टोलका  ५५ वर्षिय मनिर मिया अन्सारीको मृत्यु भएको हो। आईतवार   आफ्न‌ै खेतमा कोदालो चलाउदा चलाउदै अन्सारी ढलेर अचेत भएका थिए। तत्कालै उनलाई एमबुलेस बाट प्रादेशिक अस्पताल गौर पठाउँदा चिकित्सकले अन्सारीलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर नन्दकिशोर चौहानले बताएका छन। मृतक पछिल्लो समय बोन टीबीको रोगि रहेकाे तथा घाममा कोदालो चलाउँदा हृदयघात भएर मृत्यु भएको हुनसक्ने डाक्टरले अनुमान गरेका छन। मृतकको परिवारजनको आग्रहमा पोष्टमार्टम नगरी अन्सारीको शब बुझेर मुस्लिम धर्मको रिती अनूसार सतगत गरिएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ।

मृत्यु भएको छ । 

यसैबीच पूर्ब मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साहले किसान मनिरअन्सारीको मृत्यु प्रति दुःख ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन। उनले मृतक किसान परिवारलाई राहत स्वरूप क्षतिपूर्तिको लागि सरकार संग माग गरेका छन। संघिय सांसद प्रभू साहले भने आज देशमा अन्नदाता किसानको अवस्था कति पिडादायी छ ? भन्ने विषय मनिर मिया अन्सारीको मृत्युले स्पष्ट गर्दछ । खेतमा काम गर्दा गर्दै निधन हुने किसानको परिवारलाई राहतको ब्यवस्था गर्न उचित देखिएकोले मृतक मनिर मियाको परिवारलाई राहत स्वरूप अवश्यक क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार समक्ष जोड़दार माग गर्दछु ।

सञ्जय मिश्रा

प्रकाशित मिति:July 10, 2023