बिद्यालय शिक्षाप्रती मुस्लिम छात्रा आकर्षित 

  Sampatti News Online

July 10, 2023

रौतहट २५ असार। रौतहटको पुर्वी भेग गढीमाइ नगरपालीका अन्तर्गत आईतवार एकैदिनमा ठूलो संख्यामा मुस्लिम छात्रा बिधालय भर्ना गरिएको छ।

गढिमाई नगरपालीका अन्तरगत एक गैरसकारी संस्था द्वारा सञ्चालित कार्यक्रम आरम्भ परियोजना द्वारा एकैदिनमा ८९ जना मुस्लिम वालिकाहरुलाई  बिरनगरा माबिमा भर्ना गराइएको वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन। ती बालिकाहरूको नामाङक हुने अवसरमा मेयर श्यामबाबु यादव लगायत जनप्रतिनिधि तथा संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो।

आरम्भ परियोजना अंतर्गत बिधालयमा पढाई छोडेर बीचैमा घर बस्ने बालिकालाई पुनः विद्यालयमा नामाङ्कन गराई नियमित पठनपाठन गराईने गरिन्छ।

प्रकाशित मिति:July 10, 2023