अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको भाउ सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । यो साता शुक्रबार बजार बन्द हुँदा डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ८५.५५ डलर कायम भएको छ । शुक्रबार एकै दिन २.३ प्रतिशतले मूल्य बढेको हो । त्यस्तै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८८.५५ डलर कायम भएको छ भने मुर्बान तेलको ९०.६९ डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नुमा मुख्यतः दुई कारण रहेको सञ्चारमाध्यम ‘आयलप्राइस’ले औंल्याएको छ । अमेरिकाको इनर्जी इन्फर्मेसन प्रशासनका अनुसार एक सातामै अमेरिकाको तेल मौज्दात २.४ प्रतिशत (१ करोड ६ लाख ब्यारेल) घटेको छ ।
यसले गर्दा तेलको माग बढ्न गई मूल्य बढ्न गएको सो सञ्चारमाध्यमले जनाएको छ । त्यस्तै आगामी अक्टोबर महिनादेखि रुस तथा साउदी अरेबियाले कच्चा तेलको उत्पादनमा कटौती गर्ने तयारी गर्नुले पनि केही त्रास बढेको छ । रुसले यो साता तेल कटौतीबारेको निर्णय पारित गर्नेछ भने साउदीले दैनिक करिब १० लाख ब्यारेल कटौतीको तयारी गरेको छ । यसले मूल्यवृद्धि बढेको औंल्याइएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको मूल्य, आफ्नो लागत समेत समायोजनसहित प्रशोधित तेलको मूल्य निर्धारण गरी १५–१५ दिनमा नेपाल आयल निगमलाई सूची पठाउने गरेको छ । सो सूचीका आधारमा नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुँदै आएको छ । जसले गर्दा नेपाल आयल निगमले पनि उपभोक्ताका लागि इन्धनको मूल्य बढाउँदै लगेको छ । भारतबाट बढेर मूल्यसूची आउँदा नेपालमा पनि मूल्य बढ्दै जानेछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जानुले आगामी दिनहरुमा यहाँको मूल्यवृद्धिसँगै मुलुकबाट बाहिरिने विदेशी मुद्रामा समेत दवाव पर्नेछ ।
सन् २०२० को वसन्त याममा विश्वभर कोभिड महामारी फैलिएका कारण विभिन्न देशहरूले लकडाउन लगाएको अवस्थामा खरिदकर्ताको अभावमा कच्चा तेलको मूल्य घट्यो।
डरिअन थप्छिन्, “उत्पादकहरूले मानिसहरूलाई उक्त तेललाई आफ्नो जिम्मेवारीबाट मुक्त गर्न पैसा समेत तिर्नुपरेको थियो किनभने उनीहरूसँग तेल भण्डारण गर्ने ठाउँ थिएन।”
त्यसपछि ओपेक प्लस आबद्ध सबै देशहरूले मूल्यलाई कायम राखिराख्न संयुक्त रूपमा एक करोड ब्यारल प्रतिदिनका हिसाबले उत्पादनलाई कटौती गर्ने निर्णय गरे।
सन् २०२१ को जुनमा कच्चा तेलको माग पुरानै अवस्थामा फर्कन थालेपछि ओपेकले बिस्तारै उत्पादन बढाउन थाले।
सन् १९६० मा सामूहिक रूपमा विश्वव्यापी रूपमा तेलको आपूर्ति निर्धारण गर्न र त्यसमार्फत मूल्यमा नियन्त्रण कायम गर्न यो संस्था बनेको थियो। हिजोआज ओपेक देशहरू विश्वको कच्चा तेलको ३० प्रतिशत परिमाण उत्पादन गर्छन्।
त्यो भनेको दुई करोड ८० लाख ब्यारल हो। ओपेकमा आबद्ध देशहरूमध्ये सबैभन्दा बढी कच्चा तेल उत्पादन गर्ने साउदी अरबले दिनकै एक करोड ब्यारलभन्दा बढी कच्चा तेल उत्पादन गर्छ।