September 5, 2023
सन् १९९० पछि इन्टरनेटका माध्यमबाट समाचार सम्प्रेषण हुन थालेपछि न्यु मिडियाको विकास भएको हो । फेसबुक, युट्यूब, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोगले न्यु मिडियाको लोकप्रियता ह्वात्तै बढेको हो । सामाजिक सञ्जालको विकास र प्रयोगले न्यु मिडियाको लोकप्रियता मात्र बढेन, सूचनामा नागरिकको पहुँचमा पनि बृद्धि भएको छ ।
परम्परागत मिडिया (पत्रपत्रिका, रेडियो र टीभी) मा जसरी न्यु मिडियाले चुनौती दिएको छ, त्यसरी नै अनलाइन न्युज पोर्टललाई सामाजिक सञ्जालले चुनौती दिएको छ । फेसबुक, ट्यूटर, यूट्युबलगायतका सामाजिक सञ्जालको विकास पछि मात्र अनलाइन न्यु पोर्टल आम मानिससम्म पुगेको हो ।
समाचारका लागि महिना, हप्ता, दिन वा केही घण्टा पर्खनुपर्ने बाध्यता समाप्त भएको छ । पाठक, दर्शक र श्रोताले तत्कालै सूचना प्राप्त गर्ने अवस्था विकास भएको छ ।सञ्चारमाध्यमका सामग्री फेसबुक, ट्वीटर र युट्युब जस्ता सामाजिक सञ्जालमार्फत् नागरिकले सजिलै प्राप्त गर्न सक्ने अवस्था छ । पाठकले इन्टरनेटका माध्यमबाट तत्कालै आफ्नो चासो र प्रतिक्रिया मात्र व्यक्त गर्दैनन्, प्रकाशित समाचार सामग्रीमा तत्काल प्रतिक्रिया, आलोचना, समर्थन वा विरोध गर्न सक्ने अवस्था पुगेका छन् ।
पत्रपत्रिका, रेडियो र टेलिभिजनमा पाठक, श्रोता र दर्शकबीचको अन्तरसम्वाद नाम मात्रको हुन्थ्यो । नागरिकका प्रतिक्रिया वा गुनासो छाप्न पत्रिकामा हप्तौँ लाग्ने, छाप्ने–नछाप्ने ९पत्रिका, रेडिया वा टिभी० सम्पादकको विवेकमा निर्भर हुने कुरालाई न्यु मिडियाले समाप्त पारिदिएको छ । पाठक, श्रोता वा दर्शकले तत्काल प्रतिक्रिया व्यक्त गर्न सक्ने अवस्था छ ।
मिडियाका कुनै विषयमा चित्त नबुझे सामाजिक सञ्जालमार्फत तत्काल प्रतिक्रिया, टिप्पणी, आलोचना वा असहमति प्रकट गर्नसक्दछन् । परम्परागत मिडियामा यो सम्भावना न्यून हुन्छ । प्रतिक्रियाका लागि महिनौँ वा हप्तौँ कुर्नु पर्ने अवस्था हुन्थ्यो, र छ ।
परम्परागत मिडिया (पत्रपत्रिका, रेडियो र टीभी) मा जसरी न्यु मिडियाले चुनौती दिएको छ, त्यसरी नै अनलाइन न्युज पोर्टललाई सामाजिक सञ्जालले चुनौती दिएको छ । फेसबुक, ट्यूटर, यूट्युबलगायतका सामाजिक सञ्जालको विकास पछि मात्र अनलाइन न्यु पोर्टल आम मानिससम्म पुगेको हो ।
अनलाइन न्युज पोर्टल सामाजिक सञ्जालसँग निर्भर रहनुपर्ने अवस्था छ । सामाजिक सञ्जालको विकाससँगै जसरी न्युज पोर्टलको प्रयोगमा व्यापकता भएको हो, न्युज पोर्टलका सामाग्री सामाजिक सञ्जालमा आउन थालेसँगै यसको लोकप्रियता र प्रयोगमा व्यापकता आएको हो । न्यु मिडियाभित्रका यी दुई प्लेटफर्म एक अर्काप्रति निर्भर मात्र छैनन्, पूरक पनि हुन् । यद्यपि, सामाजिक सञ्जाल अनलाइन मिडियाका लागि पनि चुनौती बनेको छ ।
औपचारिक समाचारका लागि पत्रकारले सूचना प्राप्त गर्न धेरै संघर्ष गर्नु पर्ने अवस्था पनि अन्त्य भएको छ । सामाजिक सञ्जालमा आएका प्रारम्भिक सूचनालाई आधार बनाएर समाचार बनाए पुग्ने अवस्था विकास भएको छ । एउटा सञ्चारमाध्यमले उत्पादन गरेको समाचार अरुले कपी गर्न सक्ने वा त्यसलाई आधार मानेर समाचार तयार गर्ने अवस्था सूचना प्रविधि र सामाजिक सञ्जालले तयार गरेको हो ।
नागरिकले सामाजिक सञ्जालमा प्रयोग गरेका सूचनाका आधारमा पत्रकार समाचार बनाउनुपर्ने ठाउँमा पुगेका छन् । कुनै दुर्घटना भयो भने दुर्घटना परेको सवारीभित्रकै अर्को कुनै व्यक्ति वा स्थानीय वा तत्काल त्यहाँ पुग्ने व्यक्तिले त्यसको प्रारम्भिक विवरण, फोटो वा भिडियो सामाजिक सञ्जाल मार्फत प्रवाह गर्न सक्छन् । यसका लागि कुनै सञ्चारमाध्यम पर्खनु पर्दैन । घटनास्थल पुगेर मात्र सूचना संकलन गर्ने र समाचार बनाउनुपर्ने अवस्था पत्रकारका लागि समाप्त भएको छ ।
पत्रकार सूचना संकलन, प्रशोधन र उत्पादनमा संलग्न थिए । तर, अब पत्रकारको यी तीन तहको भूमिकामा सक्रियता घटेको छ । अर्थात् पत्रकार नभए पनि आम मानिसले सूचना पाउन सक्ने अवस्था छ । सञ्चार माध्यममा उत्पादित समाचार पाठक, श्रोता र दर्शकसमक्ष पुगेपछि मात्र आम नागरिकले सूचना पाउने अवस्था समाप्त भएको छ ।
उत्पादित सूचना व्यवस्थापन पक्षले आम मानिसमा पुर्याउने गर्दथ्यो । यसमा आममानिसको आकर्षण व्यापक रुपमा थियो । तर, आज आम नागरिक पनि सूचना संकलन र प्रवाहमा सक्रिय छन् । आम नागरिकले संकलन र प्रवाह गरेका सूचना पत्रकार र सञ्चार माध्यमका लागि सूचनाका प्रारम्भिक स्रोत बन्न थालेको छ ।
पत्रकार र सञ्चारका माध्यम अब सूचना प्राप्त गर्ने प्रमुख स्रोत होइनन् । उनीहरुले आमसञ्चारमा सबै माध्यम सामाजिक सञ्जालबाट प्राप्त गर्ने अवस्था हुँदैछ । आम मानिसमा भएको शिक्षा, स्वास्थ्य, मनोरञ्जन, चेतना र सूचना हिजो सञ्चारमाध्यमबाट प्रवाह गर्दथे । आज उनीहरु सामाजिक सञ्जालबाट प्रवाह गर्न थालेका छन् । आफ्ना धारणा र सूचना प्रवाह गर्ने मुख्य माध्यम सामाजिक सञ्जाल बनेको छ ।
आमसञ्चारका माध्यम सञ्चालन हुने मुख्य स्रोत विज्ञापन हो । तर, विज्ञापनको ठूलो हिस्सा सोझै सामाजिक सञ्जालमा जान थाल्नु खतराको घण्टी हो ।
उच्च पदमा बसेका नेता, कर्मचारीदेखि सर्वसाधारणले फेसबुकमा पाँच हजारलाई सोझै मित्र बनाउन सक्छन् । ट्वीटरमा लाखौँ फलोअर हुन सक्छन् । उच्च तहमा बसेका व्यक्तिले प्रवाह गर्ने सामग्री समाचारका स्रोत भएका छन् । यसले के देखाउँछ भने एउटा पावरफूल अखबारभन्दा धेरै फलोअर भएका व्यक्तिको ट्वीट शक्तिशाली हुन सक्छ ।
सामाजिक सञ्जालकै कारण आम नागरिकले आमसञ्चारका माध्यमलाई महत्व दिन छाडेका छन् । जुरुक्क उठेर पत्रिका खोज्ने, रेडियोको ट्युन बटार्ने वा टेलिभिजनको रिमोट थिच्ने व्यक्ति आज मोबाइलको खोजीमा हुन्छ, फेसबुक र ट्वीटर सर्च गर्न थाल्छ ।
हो, ग्रामीण क्षेत्र जहाँ इन्टरनेटको सहज पहुँच छैन, त्यस्ता ठाउँमा रेडियो र टीभीको अझै प्रभाव कायम छ । ती ठाउँमा रेडियो र टीभीको प्रभाव कायम रहनुको एक मात्र कारण इन्टरनेटको अभाव हो । जुन दिन ती ठाउँमा इन्टरनेट पुग्छ, त्यहाँ रिमोटको खोजी हुन छाड्छ, रेडियोको ट्युन बटारिन छाडिनेछ ।
एक दशकयता सामाजिक सञ्जाल यति प्रभावशाली भएको कि सञ्चारमाध्यम उनीहरुमै निर्भर हुन बाध्य छन् । सामाजिक सञ्जालले दिन–प्रतिदिन मिडियालाई चुनौती दिँदै आएका छन् । औपचारिक कार्यक्रम, दुर्घटना, सानातिना गतिविधि, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, सभा, समारोह, भाषण, गोष्ठी, अन्तरक्रियाजस्ता कार्यक्रमका लागि अब पत्रकार वा मिडिया आवश्यक पर्दैन ।
आयोजक आफैँले सामाजिक सञ्जालमा लाइभ वा पोष्ट गरे पर्याप्त हुन थालेको छ । यसरी पोष्ट गरिएका सामग्री आफ्ना सदस्यले मात्र शेयर गरे दशौँ हजारले हेर्न र पढ्न सक्छन् भने पत्रकार वा मिडियाको किन आश्वश्यक पर्यो र?
समाजिक सञ्जालका समस्या छन् । अभ्यासका हिसाबले सामाजिक सञ्जालको व्यापक प्रयोगले एक दशक मात्र नाघेकाले सूधारका अपेक्षा बाँकी नै छ । समाजमा मानिस जति शिक्षित, वौद्धिक र चेतनशील हुँदै जान्छन्, त्यति नै सामाजिक सञ्जाल जस्ता प्लेटफर्मको गुणात्मक बिकास हुँदै जाने अपेक्षा गर्न सकिन्छ । पत्रकारिताको चारसय वर्षको इतिहास भए पनि पत्रकार आचारसंहिता कर्यान्वयनको नभएको विषयमा बहस हुने गरेको छ । सामाजिक सञ्जाल जस्ता प्लेटफर्म परिमार्जन र परिस्कृत भएसँगै यसको प्रयोगमा अझ विश्वासनीयता बढ्ने हो ।
टेलिभिजन सञ्चालनका लागि करोडौँ खर्च लाग्छ । तर, अनलाइन टीभी केही लाखमै सञ्चालन हुन सक्छ । सीप हुनेले एक्लै युट्यूब च्यानल चलाएर राम्रो प्रभाव र आम्दानी गरेका छन् । टेलिभिजनका लागि युट्यूब खतरा भएको छ ।
सामाजिक सञ्जाल सूचनाका दृष्टिले मात्र होइन, आर्थिक दृष्टिकोणले पनि पत्रकारिताका लागि चुनौती बनेको छ । यो पत्रपत्रिका, रेडियो र टीभीका लागि त चुनौती छँदैछ, अनलाइन न्युज पोर्टलका लागि पनि खतरा सावित हुँदै गएको छ । आमसञ्चारका माध्यम सञ्चालन हुने मुख्य स्रोत विज्ञापन हो । तर, विज्ञापनको ठूलो हिस्सा सोझै सामाजिक सञ्जालमा जान थाल्नु खतराको घण्टी हो । बिनाआम्दानी निजी क्षेत्रका सञ्चार माध्यम सञ्चालन हुन सक्तैनन् ।
परम्परागत मिडियामध्ये पत्रिका र रेडियोको भविष्य निकै संकटपूर्ण छ । टेलिभिजन पनि आर्थिक दृष्टिकोणले संकटमा छ । ठूला कम्पनीले टेलिभिजनका लागि दिने विज्ञापन सोझै सामाजिक सञ्जाल वा न्युज पोर्टलमा दिन थालेका छन् ।
टेलिभिजन सञ्चालनका लागि करोडौँ खर्च लाग्छ । तर, अनलाइन टीभी केही लाखमै सञ्चालन हुन सक्छ । सीप हुनेले एक्लै युट्यूब च्यानल चलाएर राम्रो प्रभाव र आम्दानी गरेका छन् । टेलिभिजनका लागि युट्यूब खतरा भएको छ ।
शिक्षा, चेतना र प्रविधिमा पहुँचको कमीले गर्दा पुरानो पुस्ताका कारण परम्परागत मिडियाको अस्तित्व कायम रहेको हो । त्यसमा पनि नेपालका पत्रपत्रिकालाई सरकारले लोककल्याणकारी विज्ञापनका नाममा दिने अनुदानले घिटिक घिटिक भएर अहिलेसम्म चलेका हुन् । आफ्नै बलबुताले टिक्न सक्ने कमैमात्र मिडिया छन् । तिनको पनि अवस्था नाजुक छ ।
अहिलेको इटरनेट फोरजीको फूल स्पिड भन्दा फाइभजी २५ गुणा बढी हुनेछ । एउटा फिल्म डाउनलोड गर्न मात्र साढे ३ सेकेण्ड लाग्ने कुराले इन्टरनेट अबका दिनमा कति स्पिड हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।
सामाजिक सञ्जाल जस्ता अनौपचारिक माध्यमनै पावरफूल हुन्छन् र मिडिया र पत्रकारको ठूलो हिस्सा कोल्याप्स हुने सम्भावना रहन्छ ।
सूचना प्रविधिको उच्च विकासले मिडिया मात्र होइन, सरकार र शासन–प्रसाशन पनि सामाजिक सञ्जालका माध्यमबाट नागरिकको नियन्त्रणमा जान थालेको छ । मिडियाबाट हुने आलोचना र सडकबाट हुने विरोध प्रदर्शन भन्दा सामाजिक सञ्जालबाट हुने विरोधको सरकारलाई सामना गर्न मुस्किल हुन थालेको छ । सामाजिक सञ्जालबाट हुने आलोचना र टिप्पणीले आन्दोलनको रुप ग्रहण गर्ने र परिवर्तन हुने अवस्था हुँदै गएको छ । सडकमा हुने प्रदर्शनका विरुद्ध सरकारले खुल्ला आलोचना र प्रतिवाद गर्न सक्छ । मिडियाको आलोचनाको सामना पनि सरकार वा सरकारी निकायले सामना गरेका छन् । त्यसमा सरकार समर्थक मिडियाले सरकारलाई सहयोग गर्न सक्छन् । सरकारी मान्छेले भित्रभित्रै सेटिङ मिलाएर मिडियाको मुख बन्द गराउन सक्छन् ।
तर, नागरिकले सामाजिक सञ्जाल मार्फत गर्ने आलोचनाबाट बच्न सरकार र सत्तालाई कठिन हुँदै गएको छ । नागरिकले आफ्नो अभिमत सामाजिक सञ्जालको प्लेटफर्मबाट सार्वजनिक गर्ने भएकाले सरकार नागरिकसँग डराएको हो ।
सरकार र शक्तिमा बसेका व्यक्तिका सम्बन्धमा मिडियामा आउन नसकेका विषय पनि सामाजिक सञ्जालमा आउने र भाइरल हुने गरेको छ । भेला, सभा, समारोहजस्ता कार्यक्रमका लागि प्रचारका साधन अहिले सामाजिक सञ्जाल बनेको छ । सरकारका निर्णयका विरुद्धसामाजिक सञ्जालमा हुने आलोचनाले सरकारपछि हट्न बाध्य भएको छ । सरकार र राज्य संयन्त्र समाजिक सञ्जालबाट नराम्ररी प्रभावित छन् । सरकार, मन्त्री, राजनीतिक दल, दलको नेता, कार्यकर्ता, संघ संस्था, प्रहरी, प्रसाशन मात्र सरकारी कार्यालय र न्यायलयका कामसमेत सामाजिक सञ्जालमा आउने नागरिकका प्रतिक्रियाबाट प्रभावित छन् ।
सामाजिक सञ्जालमा आउने प्रतिक्रिया र आलोचनाबाट प्रहरी र अदालतले गर्ने कार्य प्रभावित हुन थालेको छ । हिजो मिडियामा आउने कुराले सरकार, दल, प्रहरी, अदालत जस्ता राज्यका संयन्त्र प्रभावित थिए । तर, आज मिडियाको त्यो ठाउँ नजानिँदो पाराले सामाजिक सञ्जालले लिँदै गएको छ ।
नेपाली समाजमा सामाजिक सञ्जालको अधिक प्रयोग राजनीतिक दलका नेता, कार्यकर्ता, शहरीय पढालेखा, राजनीतिक आस्था विचार बोकेको व्यक्तिले गर्न सक्ने अनुमान गर्न सकिन्छ । जुन दिन सामाजिक सञ्जालमा नयाँ पुस्ताको होल्ड हुन थाल्छ, जो राजनीतिक विचार र प्रभावमा नबाँधिएको होस्, त्यसपछि सामाजिक सञ्जाल अहिलेको भन्दा झन शक्तिशाली हुन्छ ।
सामाजिक सञ्जालबाट भविश्यमा प्रत्यक्षशासन व्यवस्थाको अभ्यास नहोला भन्न सकिन्न । प्रत्यक्ष प्रजातन्त्र सिद्धान्तत स्थापित भएपनि अभ्यासमा खासै छैन । राज्यले नै जनमत बुझ्न सामाजिक सञ्जाल वा त्यही प्रकृतिको संयन्त्रको प्रयोग गर्न सक्ने दिन आयो भने कुनै आश्चर्य नमान्दा हुन्छ । प्रत्यक्ष प्रजातन्त्रको कार्यान्वयन र जनमत बुझ्ने भविश्यको उत्कृष्ठ माध्यम हुन सक्छ ।
पुर्व सचिब भिम उपाध्यायको बाल बाट साभार गरिएको
प्रकाशित मिति:September 5, 2023
November 23, 2024