कमिसन भ्रष्टाचार विरुद्ध तेश्रोदिनपनि भन्सार बिभाग घेराऊ

  Sampatti News Online

December 20, 2023

रौतहट ३ पुस। प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आम सम्पर्क मञ्चले मंगलवार तेस्राे दिन पनि भन्सार विभाग घेराउ गरेका छन्।
भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध बिभिन्न मागहरु राखि भन्सार बिभाग घेराऊ गरेको हो । भन्सार नियमावलीमा रहेको परिच्छेद-१० को पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने , कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति,सवारीसाधन एवं सम्पति जफत गर्ने प्रावधान हटाउने , भन्सारबाट उठेको रकमबाट २५ % रकम सम्बन्धित प्रदेशलाई र २०% रकम सम्बन्धित पालिकालाई दिनुपर्ने, त्यसैगरी ⁠घरायसी प्रयोजनको लागि ल्याईने बस्तुमा भन्सार कर न लागने ब्यवस्था गर्नुपने मञ्चले माग अघि सारेको छ।
गत शनिबार बसेको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले सरकारको विभेदकारी एवं लुटकारी राजस्व नीतिको विरुद्धमा आईतवार देखि भन्सार विभाग घेराउ गर्ने निर्णय अनुसार लगातार त्रिपुरेशर स्थित भन्सार बिभाग घेराउ प्रदर्शन गर्दै आएको सम्पर्क मञ्चले जनाएको छ ।गत भदौं ३१ गते भन्सार विभागको महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर सुरुआत गरिएको संघर्षको पहिलो चरण अंन्तर्गत असोज ३ गते पत्रकार सम्मेलन, असोज १८ गते नियमावलीको गलत प्रवाधान जलाईंएको, असोज १९ गते तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको थियो ।
तर नेपाल सरकारले त्यो विभेदकारी एवं लुटकारी प्रावधान हटाउने तर्फ कूनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाड़ी बढ़ाईएको आम सम्पर्क मञ्चले जनाएको छ ।
तस्कर संग आर्थिक लेनदेन गरेपछि लाखौं लाखको अबैध भारतीय सामान भित्रिँदा वास्ता नगर्ने प्रहरी कमिसनकै लागि सर्वसाधारण लाई दुःख दिनेगरेको मोर्चाको ठहर छ।
सीमावर्ती क्षेत्रका मानिस आफ्नो घरायसी प्रयोगको लागि तथा आफ्नो खेती किसानमा प्रयोग गर्न भारतीय बजार बाट सामान ल्याउँदा प्रहरीले तस्करीको भन्दै नियन्त्रणमा लिएर भन्सार बुझाउने गर्द छन्।
अबैध भनेर समातेको सामानको कमिसन सुराकी तथा पुरस्कार भनेर राज्यले प्रहरी प्रशासन लाई दिनेगरेको ४५ प्रतिशत पाउनको लागि प्रहरीले सर्वसाधारणको सामान बलपूर्वक पक्राउ गरी भन्सार बुझाउनाले हजारौं मानिस कठीनाईमा पर्ने आमजनता पार्टीको निष्कर्ष रहेको छ।भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थानुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ। अर्थात् भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ । सञ्जय मिश्रा

प्रकाशित मिति:December 20, 2023