बारा संग जोडिएको साना नाकाबाट गाडीचल्ने, रौतहट बञ्चित

  Sampatti News Online

January 17, 2024

रौतहट ३ माघ। मधेश प्रदेश अन्तर्गत झण्डै एकवर्ष पछि बारा संग जोडिएको साना नाकाहरु बाट चार पांग्रे सवारी साधन चल्ने सहमती भएपनि रौतहट बञ्चित हुँदा स्थानिय लाई शास्ती हुने भएको छ।
कोरोना पछि मधेश प्रदेश संग जोडिएको सम्पूर्ण नाकाबाट सहजरुपमा गाडी आउजाउ गर्दै आएकोमा पाकिस्तानी महिला सीमा हैदर स्थलमार्ग हुँदै भारत गएदेखि देखि भारतीय सुरक्षाकर्मीले मधेश प्रदेश संग जोडिएको साना नाकाहरु बाट चारपांग्रे सवारी साधन आवात जावतमा रोक लगाएको थियो।
भारतको राजधानी दिल्ली स्थित चारदिनअघि भारतीय सुरक्षाकर्मी एसाएसबिको प्रधान कार्यालयको निर्णय अनुसार बारासंग जोडिएको तीनवटा साना नाकाबाट चारपांग्रे गाडी चल्ने अनुमती दिएको छ।
तर रौतहटको सदरमुकाम गौर बाहेक सीमा संग जोडिएको कुनै पनि सानानाका बाट गाडी आवत जावतको लागी हालसम्म अनुमती दिइएको छैन।
बाराको कचोर्वा हुँदै भारतको झरोखर -घोडासन, बाराको मटिअर्वा सन्तगन्ज,महुअवा कटगेनवा अदापुर नाका बाट गाडि आउने जाने अनुमति दिएको भारत बिहार मोतीहारी जिल्लाका एस्पी कान्तेश मिश्राले बताएका छन्।
एस्पी मिश्राले रौतहटको सानो नाकाबाट गाडी आवत जावत बारे हालसम्म निर्णय हुन नसकेपनि त्यसबारे छलफल भईरहेको जानकारी दिएका छन्।
रौतहटका सिडियो हिरालाल रेग्मीले रौतहटको साना नाकाबाट गाडी चल्ने निर्णय बारे आफूलाई जानकारी नभएको र यस बारे भारतीय समकक्षी संगको बैठकमा प्रस्ताव राखेर पहल गर्ने प्रतिवद्धता जनाएका छन्। नेपाल र भारत बीच सदियौं देखि रोटी बेटीको सम्बन्ध रहिआएको छ।
जिल्लाको सीमावर्ती बौधिमाई, ईशनाथ, राजपुर, परोहा, गौर, राजदेवी नगरपालिकाको हजारौँ परिवारको छोरा छोरीको वारिपारी बिहेवारी भएको छ।
रौतहट स्थित २८ किलोमिटर लामो भारतीय सिमाना संग जोडिएको नेपाली गाउँका प्रायः सबै मानिस भारतीय बजार माथिनै निर्भर रहेका छन्।
घरको लागि दैनिक उपभोग्य वस्तु, कपडा, देखि खेती किसानको लागि चाहिने बीउ, मलखाद लागायतका सामग्री भारतीय बजार बाट नै ल्याउने गर्दछन्।
जिल्ला सदरमुकाम गौर २०!३० किलोमिटर टाढा र सीमापारी भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन ५ किलोमिटर भित्रै परेकाले पनि यहाँका मानिसको घर परिवारमा कसैलाई कुनै बिरामी हुँदा समेत उपचारको लागि भारतीय डाक्टर माथि निर्भर रहेका छन। वारिपारी बिच हजारौँ परिवारको सम्बन्ध भएकाले दैनिकजसो दर्जनौं छोरी बुहारी वारिपारी गर्नुपर्ने बाध्यता रहेको छ।
साना नाकाहरु बाट गाडी आउजाउ रोक लगाउँदा ३० किलोमीटर टाढा गौर हुँदै भारतीय क्षेत्रमा जानुपर्ने स्थानीयको वाध्यता बनेको छ। तथापि जिल्लाका नेतृत्व बर्गले यो समस्या बारे आवाज उठाउन जरुरी रहेको छ।

प्रकाशित मिति:January 17, 2024