August 9, 2020
रौतहट। चन्द्रपुर वाड नम्बर ९ चेतनगर बिर्तामा गाउले हरुले बृहत् भेला गरि आफ्नो गाउँ आफैं सरसफाइ अभियान गर्ने नगरपालिकाको मुख नताक्ने निर्णय गरेको समाचार श्याम श्रेष्ठले सम्पत्ति न्युजलाई जानकारी गराउनु भयो।
उहाँका अनुशार प्रभु नारायण चौधरीको अध्यक्षतामा भएको सरसफाइ भेलाले मलिनटोल ,चेतनगगर बिर्ता क्षेत्रमा दाहसंस्कार गराउन नपाइने यस्तो कार्यका लागी अलि टाढा लैजानु पर्ने किनकि वातावरण प्रदुषितका कारण स्थानीयमा केही प्रभाव देखिन थालेकाले स्थानीयले सकृयता देखाएको बताइएको छ।
गाउँ बस्तीमा पिच सडकमा गाइ गोरु बाध्नेर सडक अबरोध कार्य तत्काल हटाउन सबैलाई अपिल गर्ने र नमानेमा दन्डित गराउने सम्मका निर्णयहरु गाउले स्वयंले आफनै उपस्थितिमा गरेको समाचार जानकारी गराएका छन।
चौधरीको अध्यक्षतामा भएको यस्तो निर्णयले यस क्षेत्रको वातावरण संरक्षण मा महत्त्वपूर्ण योगदान पुक्न सक्ने अपेक्षा सहित सरकारको सहयोग भन्दा जनता आफै अग्रसर भएर गरेका यस्ता काम बढी प्रभावकारी बन्ने बिश्वास व्यक्त गरिएको छ।
प्रकाशित मिति:August 9, 2020
November 23, 2024