August 9, 2020
काठमाडौँ। सरकारले कोरोना संक्रमण दर बढ्दो भएपछि नियन्त्रण गर्न पछिल्लो ३ दिन देखि जोरबिजोर लागु गरेको छ। तर सरकारको यो निर्णयले व्यावहारिकतामा भने ठिक उल्टो परिणाम दिएको छ। जोरबिजोर भएसँगै उपत्यकाका सार्वजनीक यातायातमा थप यात्रुको चाँप देखापरेको छ।
सार्वजनिक यातायातमा दिउँसोको समयमा केही हलुका देखिएपनि अफिस समयमा भने गाडीमा यात्रुको चाँप बढी नै छ। सिटफुल त छँदै छ अझ उभिएर समेत यात्रुहरु यात्रा गरिरहेका छन्। गाडीमा न त न्युनतम सुरक्षाका मापदण्डहरु नै पुरा छन्। सेनीटाईजर समेत उपलब्ध हुँदैन गाडीमा भएपनि यात्रुलाई त्यत्ति दिईदैन, मात्र चेकिङको लागि राखिएको छ।
ठाउँठाउँमा चेकिङभएपनि त्यत्ति व्यवस्थित तरिकाले नियन्त्रण गरिएको छैन। यात्रुहरु ५० प्रतिशत बढी भाडा तिररे जोखिम मोलिरहेका छन्। गाडी सञ्चालकलाई के मतलब ! आखिर कमाई भएकै छ।
यात्रुको लापरबाहि
कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेको अवस्था छ तर तर यात्रुहरु भने सजक भएको देखिदैन।, सार्वजनिक यातायातमा यात्रुको चाँप हुँदा हुँदैपनि रोकाएर चढिरहेको देख्रिन्छ। यति सम्म की गाडी चालक ले मिल्दैन भन्दा भन्दै पनि जर्वजस्ति चढिरहेको देखिन्छ।
के हुलमुलमा जानुहुन्न भन्ने हामीलाई थाहा छैन ? हामी आफैपनि सजक हुन पर्ने हैन, कि प्रहरीले लठ्ठी नै लिएर आउनुपर्ने हो ? अफिस समयमा गाडीमा चाँप हुन्छ भन्ने थाहा हुँदाहुँदैपनि हामी किन जोखिम उठाईरहेका छौँ? के हामी केही समय अगाडी वा पछाडी जान सक्दैनौँ ?
पछिल्लो समय कोरोना समुदायमा पुगिसकेको अवस्था छ । नागरिक, समाज र राष्ट्रनै एक भएर लाग्नुपर्ने अवस्था छ। यहि व्यावस्था र संक्रमण दर यसरी नै बढ्दै जाने हो भने केही समयमा इटाली, भारत र अमेरीकाको जस्तो अवस्था नेपालमा नआउला भन्न सकिन्न। त्यसैले यो समयमा एकअर्काेको मुख ताक्ने भन्दापनि आ—आफ्नो ठाउँबाट सक्दो सजकता र सहयोग गर्नु नै राम्रो हुन्छ।
सार्वजनिक यातायातको यो चाँपलाई कम गरि देशमा माहामारीको भयावह स्थिती नल्याउँन जनस्तरबाट पनि सजकता अपनाउनु आवस्यक छ भने नियमन निकायले पनि छिट्टै ध्यान दिओस्।
उपत्यकाको सन्र्दभमा सार्वजनिक यातायात या त बन्द नै गर्नुपर्ने हुन्छ या त जोरबिजोर खारेज गर्यो भने चाँप कम हुन्छ। यदि सम्बन्धित निकायले यसतर्फ हप्ता दश दिन ध्यान दिन सकेन भने कोरोना संक्रमण फैलाउने पहिलो माध्यम नै सार्वजनिक यातायात हुने छन्।
प्रकाशित मिति:August 9, 2020
November 23, 2024