लाइसेन्स परीक्षा : निर्देशिकाविपरीत ट्रायल सेन्टर, इजि बे सर्वाधिक बदनाम

  Sampatti News

April 13, 2024

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टर निर्देशिकाविपरीत रहेको पाइएको छ ।

काठमाडौँ उपत्यकाका ट्रायल सेन्टर सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ ले तोकेको मापदण्ड अनुसार ट्रायल सेन्टर नभएको निर्देशिकाविपरीत रहेको पाइएको हो ।

निर्देशिकामा सवारी चालक अनुमति पत्रको लागि प्रयोगात्मक परीक्षा सञ्चालन गर्दा ले आउट र टेस्टहरूमा बिचको दुरी कम या बढी राख्न नपाइने उल्लेख छ । यसैगरी ट्राफिक लाइट पोलको स्थान जेब्रा क्रशिङ भन्दा पछाडि राखेको हुनु पर्ने निर्देशिकामा उल्लेख छ । तर, ट्रायल सेन्टमा निर्देशिका अनुसारकोले आउट र सिक्वेन्स नमिलाइएके पाइएको छ ।

निर्देशिकामा मेटल प्लेट राख्ने प्रावधान छैन । तर ट्रायल सेन्टरले परीक्षार्थीलाई सजिलो बनाउन स्पीड ब्रेकर टेस्टमा मेटल प्लेट राखी लामो बनाइएको पाइएको छ । त्यस्तै निर्देशिकामा ग्यारेज पार्किङ टेस्ट एउटा हुनु पर्ने उल्लेख छ । तर ट्रायल सेन्टरमा दुई वटा रहेको, लेआउटमा राइट टर्नको प्रावधान निर्देशिकामा नरहे पनि दुई वटा राइट टर्न राखेको पाइएको छ ।
प्रवेशको चौडाइ, पहेँलो मार्किङको चौडाइ, बम्पको उचाइ निर्देशिका अनुसार छैनन् । निर्देशिकाले सरकारी ट्रायल सेन्टरमा सिक्वेन्स हुनै पर्ने अनिवार्य गरेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको स्थलगत छानबिनको क्रममा ट्रायल सेन्टर कानुनले तोके बमोजिम नभएको पाइएको हो । केन्द्रका सचिव राम आधार साहले सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा प्रयोजनको लागि काठमाडौँ उपत्यकाभित्र रहेका ट्रायल सेन्टरहरू प्रचलित कानुनमा तोकिएको मापदण्ड अनुरूप भए/नभएको सम्बन्धमा केन्द्रले स्थलगत छानबिन गरेको जानकारी दिए ।

प्र.ना.उ. बुद्धिराम खनाल, ना.अ. बिमला क्षेत्री, ई. दिनेश भण्डारी र स.ई. सुनिल कुमार यादवको टोलीले करिब १० दिन लगाएर उपत्यकाका ट्रायल सेन्टरको स्थलगत निरीक्षण गरेको थियो । यातायात व्यवस्था कार्यालयबाट सञ्चालन भएका प्रयोगात्मक परीक्षा स्थल निर्देशिका अनुसारका सञ्चालन नभएको पाइएको प्र.ना.उ. खनालले बताए ।

केन्द्रले सरकारी ट्रायल सेन्टर र निजी प्रशिक्षण सेन्टरको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा बिदामा भएको कर्मचारीको परिचयपत्र झुुण्डाएर बाहिरी मान्छे खटिएको पाइएको थियो ।

काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका ट्रायल सेन्टरले कानूनको उल्लङ्घन गरेका छन् । सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ ले तोकेको मापदण्डविपरीत ट्रायल सेन्टर बनाइएको छ ।

इजी वे ट्रायल सेन्टर प्रालि, राधेराधे, भक्तपुर– दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लागि तोकिएको लेआउटको क्रम नमिलेको पाइएको छ । दुई पाङ्ग्रे सवारी साधनको बम्पी टेस्ट अन्तर्गत पिसिसि प्लेटफर्म राखिएको छैन । यो ट्रायल सेन्टरका प्रोपाइटर खुल्म खुल्ला सबैलाई पैसा दिएर म बाचिरहेको छु।पैसाले जे नि हुन्छ भन्छ्न। जाली काम गर्न यो ट्रायल सेन्टर एक नम्बर भएको बताइएको छ। मोटो रकम पाए नक्कली परिक्षार्थि खडा गरेर लाइसेन्स दिने गरेको समेत यो ट्रायल सेन्टर उपत्यकाको बदनाम सेन्टरमा परिचित छ।

न्यारो प्लङकको स्लोप पार्ट बिग्रेकोले वास्तविक नाप लिन नसकिएको केन्द्रले जनाएको छ । ग्यारेज पार्किङ टेस्ट एउटा हुनु पर्नेमा सँगसँगै दुई वटा रहेका छन् । लेआउटमा राइट टर्नको प्रावधान निर्देशिकामा नरहे पनि दुई वटा राइट टर्न राखेको पाइएको छ ।

नेपाल डाईभिङ एण्ड रिकण्डिसन सेन्टर प्रा.लि., गोकर्णेश्वर– सबैको तोकिएको लेआउटको क्रम मिलेको पाइएको छ । दुई पाङ्ग्रे सवारी साधनको बम्पी टेस्ट अन्तर्गत पिसिसि प्लेटफर्म नभएको पाइएको छ ।

सुजुकी ड्राइभिङ स्कुल प्रा.लि., एकान्तकुना – दुई पाङ्ग्रे/चार पाङ्ग्रे सवारीको तोकिएको लेआउटको क्रम नमिलेको पाइएको छ । केन्द्र विन्दुमा रुख÷पोल भएकोले फिगर आठ टेस्ट/यु टर्न टेस्टको एकिन नाप जाँच गर्न नसकिएको केन्द्रले जनाएको छ।

दुई पाङ्ग्रे सवारी साधनको बम्पी टेस्ट अन्तर्गत पिसिसि प्लेटफर्म नभएको पाइएको थियो । दुई र चार पाङ्ग्रे सवारी साधनको ट्राफिक सिग्नल निर्देशिकामा तोकिए बमोजिम नभएको पाइएको थियो ।

प्रकाशित मिति:April 13, 2024