सडक पेटीमा गुड्ने सवारी साधनमा ट्राफिक प्रहरीको नजर कति ?

Nepal Cover
१६ जेष्ठ २०८१, बुधबार
image

काठमाण्डौँ । सवारी दुर्घटना न्युनिकरण गर्न खासगरी ट्राफिक प्रहरीको सक्रियता निकै बढि हुने गर्दछ । काठमाण्डौँ उपत्यकाका सडक पेटीमा पनि फ्याट्टफुट्ट साईकल र मोटरसाईकलहरु कुदिरहेको दृश्य देखिन्छ । यसरी पैदल यात्रुहरुको लागि हिडडुल गर्न सहज होस् भन्ने हेतुले बनाईएको सडक पेटीमा सवारी साधन गुड्दा पैदल यात्रु निकै मारमा परेका छन् ।
मुख्य चोकहरुमा मात्र चेकिङ्गमा मात्र ट्राफिक प्रहरीको सक्रियता बढि भएको कारण सडक पेटी तथा भित्री गल्लीहरुमा गुड्ने सवारी साधनको चेकजाचमा कडाई नहुँदा सर्वसाधारण मारमा पर्ने गरेका हुन् ।
सडकपेटीमा पाकिङ्ग गरिएर राखिएका सवारी तथा पेटीमै गुड्ने साधनहरुलाई नियमन रुपमा ध्यानमा राखेको उपत्यका ट्राफिक प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्पत्ति न्यूजलाई बताए । यसरी लापर्वाही पुर्वक रार्किङ्ग गरेको भेटीएमा र पेटीमा चलाएको भेटीएमा काठमाण्डौँ माहानगरसंग मिलेर सवारी साधन समाति रु १० हजार सम्मको जरीवाना तिराउने गरिएको उनले बताए ।

विभिन्न ठाउँमा ट्राफिक बत्तीहरु नचल्ने हुँदा थप कार्यभार बढेको मात्र नभई दिनभर सडकबीचमा नै उभिनुपर्दा हरेक दिन जोखिम बढ्दै गएको ट्राफिकहरूको छ ।
ट्राफिक प्रहरीका अनुसार ओभरलोड, ब्रेक फेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डीएर यात्रा, मापसे, तिब्र गति जस्ता कारणले समेत सवारी दुर्घटना हुने गरेका छन् ।
जीर्ण सडक, कच्ची सडक, उकालो ओरालो, साघुँरो सडक, हुस्सु कुहिरो, बाढीपहिरो र चौपायको कारण समेत दुर्घटना हुने गरेको भनाइ प्रहरीको छ ।
देशभर नै सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक लगायतका कारण हुने दुर्घटनाबाट धनजनको क्षति न्यूनीकरण गर्न, सुरक्षित र सहजीकरण गर्न नेपाल प्रहरी खटिने गरेको छ भने सडकको मर्मत सम्भारमा नेपाल आर्मी तथा सम्पुर्ण सुरक्षाकर्मी टोली समेत खटिने गरेको छ ।
यस्तै, गृहमन्त्री रवि लामिछानेले महिनावारीका चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने बताएका छन् । गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास, अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’
गृहमन्त्री लामिछानेका अनुसार मापसे लगायत ट्राफिक नियम उल्लंघन कारबाहीमा परेकाहरूले स्वयंसेवकका रूपमा महिला ट्राफिक प्रहरीको सट्टामा काम गर्नेछन् ।
अहिले उपत्यका भित्र १८ सय २५ जना ट्राफिक प्रहरी खटिएका छन् ।