काठमाण्डौँ । नेपालमा स्थीर सरकारको चाहना धेरै लामो समयदेखि विद्यमान छ तर नेताहरुका अनुहार जति फेरिए पनि जनताका समस्या भने उस्तै छन् । बारम्बार जनतालाई बिकासको लागि अश्वासन दिने तर काम नगर्ने दल नै सरकारमा जान्छन् ।
तर नेपालमा नेताहरु सरकार बनाउने, गिराउने एकअर्का बीचमा खिचातानी चलिरहँदा जनताका समस्याहरु भने समाधानका निम्ति प्राथमिकतामा परेनन् । पछिल्लो समयमा तुईनको समस्या यहाँ बिकराल बनेको छ । देशको धेरैजसो ठाउँमा काठेपुल निर्माण गर्न समेत बजेट नपाउँदा जनताले ज्यान दाउमा राखेर तुईन मार्फत अवतजावत गर्न बाध्य छन् भने कतिले ज्यानै गुमाईसकेका छन्
सुदूरपश्चिम प्रदेशकै दुर्गम जिल्ला दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ माल गाउँका ३३ वर्षीय जय सिंह धामी १५ साउन २०७८ मा सदरमुकाम खलंगा जाने बेलामा महाकाली नदीको तुईन तर्ने क्रममा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले देखेपछि तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका थिए । त्यो क्षेत्रका जनताहरुले जयसिंह बन्नैपर्छ की तुईन हट्छ ? भन्ने बिषय अझै चर्चामा छ ।
बिद्यालय जाने स–साना बालबालिका देखि मेलापात गर्ने, घाँस, दाउरा, खाद्यान्न सामानहरु पनि तुईन मार्फत नै ल्याउन लैजाने गर्दछन् । यी र यस्तै फोटा तथा भिडियो सामग्रीहरु नेताहरुले नदेखेको मात्र होईन त्यहीँ तुईन मार्फत बि.सं. २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधीसभा सांसद तथा एमाले नेता गणेश ठगुन्ना सहितले आवत जावत पनि गरेका थिए ।
ठगुन्नाकै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापित गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका पनि थिए तर तो हस्ताक्षर पानीको फोका जस्तै बनेको छ । देशका १२ हजार स्थानमा यस्ता झोलुंगे पुलको आवश्यक्ता छ । तर, धेरै स्थानमा झोलुंगो पुल नहुँदा ट्युव, डुंगा, तुइन, फड्के लगायतको साहायतामा जोखिम मोलेर खोला तर्न नागरिकहरु बाध्य छन् ।अब बर्षातको मौसम आउन लागेको छ। जनताले हरेक वर्ष ब्यहोर्दै आएको सास्ती सहितको पिडा सधैंको निम्ति बिदा गर्न सकेका छैनन।
धेरै निर्वाचनमा सबै राजनीतिक दलका नेताका मुख्य ऐजेण्डा तुईन बिस्थापित गर्ने हुन्थे । सबैतिर तुईन बिस्थापित गरेर झोलुंगे पुल बनाउने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आकर्षक मुद्दा पनि थियो । नेपालमा राष्ट्रियताको हट मुद्दा बनेको दार्चुलाको कालापनी क्षेत्र सधै राजनीतिक चर्चाको केन्द्र मात्र बनेन् यसको साहारामा धेरैले आफ्नो राष्ट्रवादी छवी बनाए ।
कालापानी क्षेत्र व्यास गाउँपालिका बासिन्दाले आफ्नै जिल्लाको सदरमुकाम ओहोरदोहोर गर्ने बाटो बनाउन कयौ अनुनय र बिनय गरे तर सुनवाई भएन ।
तुईनकै भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष समेत कार्यालय आवातजावत गर्ने गर्दथे उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होईन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्दथे ।
लोकतान्त्रिक व्यवस्थामा राज्यशक्तिको अभ्यास गर्ने मुख्य संगठित शक्ति राजनीतिक दल नै हुन् । निश्चित सैद्धान्तिक वैचारिकको जगमा जनतालाई संगठित गर्छन् । जनताकै संगठित शक्तिबाट आर्जन गरेको शक्तिका आधारमा जनताको हित हुने राजनीतिक व्यवस्थाको निर्माण गर्छन् भन्ने विश्वास गरिन्छ ।
कुनै बेला आदर्श विचार र जनताको भविष्यको योजना बोकेर राजनीतिक संघर्षमा होमिएका दलहरू स्वार्थ–समूहको बथानमा रूपान्तरित भएका छन् । ती पार्टीका अधिकांश नेतृत्वमा जनताका समस्या समाधानको मियो बन्दैनन बन्छ्न त केवल अनगिन्ती स्वार्थको पहाड मै रुमलिएको देखिन्छ। यसैका परिणाम हुन्, भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणदेखि सुनकाण्ड देखि सहकारी ठगीसम्म देशकै गृहमन्त्री आरोपित छन् ।
