स्थानीय सरकारलाई बजेट ल्याउन भ्याइनभ्याई, दुई सय ३७ पालिकामा छैनन् प्रमुख प्रशासकीय अधिकृत

  Sampatti News Online

June 18, 2024

काठमाण्डौँ । यतिबेला देशभरका स्थानीयतह असार १० गते भित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान अनुसार आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा अनिवार्य गर्नुपर्ने भुक्तानीदेखि नयाँ आर्थिक वर्षको बजेट तयारीसम्म एकदमै ब्यस्त भएर लागिपरेका छन् । तर यहीँ समयमा दरबन्दी अनुसार दुई सय ३७ पालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा निर्णय प्रक्रिया, वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, अनुगमन, मूल्यांकन, आर्थिक कारोबार, खरिदलगायतका प्रक्रिया प्रभावित हुनुका साथै सेवाग्रही मारमा छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणअनुसार सात सय ५३ स्थानीय तहमध्ये दुई सय ३७ पालिका प्रमुख प्रशासकिय अधिकृत बिहीन छन् । उनीहरु नहुँदा तोकिएको पद अनुसारको कर्मचारी खटनपटन नगरिँदा स्थानीय तह अस्तब्यस्त बनेका छन् ।

देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिका मध्धे अहिले नौ उपमहानगरपालिका, एक सय १६ नगरपालिका र एक सय १२ गाउँपालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय छैनन् । सरकारले सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी तोकेको छ, जसको खटनपटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ ।
यसैबिच, आर्थिक वर्षको अन्तमा ठूलो भुक्तानी गरिँदा त्यसमा अनियमितता हुने गरेका छन् । भुक्तानीको अवधि अब एक महिनाभन्दा कम छ । तर, यस्तो अवस्थामा पनि प्रमुख प्रशासकीय नहुँदा बेथिति बढ्ने जोखिम भने निकै छ । यसमा महालेखाको पछिल्लो प्रतिवेदनले पनि प्रश्न उठाएको छ ।

सरुवा प्रणाली व्यवस्थित बनाउन भन्दै सामान्य प्रशासन मन्त्रालयले २९ जेठ ०८० मा मन्त्रालयका तत्कालीन सहसचिव बलराम रिज्यालको संयोजकत्वमा कार्यदल गठन पनि गरेको थियो । कार्यदलले सरुवा व्यवस्थापनका विद्यमान चुनौतीसमेत औँल्याएर समाधानका सुझाव समेटिएको प्रतिवेदन ३१ असारमा तत्कालीन मन्त्री अमनलाल मोदीलाई बुझाएको थियो । कार्यदलले निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीलाई कार्यावधिको ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्ने, सरुवालाई पूर्वानुमानयोग्य बनाउने, सरुवा प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाई कानुनबमोजिम सरुवा क्यालेन्डर बनाउने, अवसरको समान वितरण, कर्मचारीको पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरणलाई सफ्टवेयरमार्फत व्यवस्थित गर्नुपर्नेलगायत सुझाव दिएको थियो । तर, प्रतिवेदन मन्त्रालयले नै कार्यान्वयन गरेन ।

हरेक प्रशासनिक अप्ठ्यारा प्रमुख प्रशासकीयबाटै सुल्झाउनुपर्ने हुन्छ । यतिवेला कार्यक्रम योजना सकेर भुक्तानी गर्ने समय छ । २० गतेपछि स्थानीय तहको भुक्तानी प्रणाली बन्द हुन्छ । यस्तो पेचिलो वेलामा कार्यालय प्रमुख नहुनुले कति अप्ठ्यारो भएको होला १ मन्त्रालयले संघीयता नै बुझेन । दरबन्दीअनुसार कर्मचारी नदिएर निमित्त पठाउने कुरामा कि स्वार्थ हुन्छ कि स्थानीय तहप्रति संघको दुरासय हो ।

प्रमुख प्रशासकीय अधिकृत बिहीन उपमहानगरपालिका

इटहरी, धरान, जनकपुरधाम, कलैया, जितपुर सिमारा, घोराही, तुलसीपुर, बुटवल र धनगढी

प्रमुख प्रशासकीय अधिकृत बिहीन नगरपालिका

फुङलिङ, रतुवामाई, सुनबर्सी, इनरुवा, महालक्ष्मी, म्याङलुङ, लालीगुराँस, चैनपुर, मादी, धर्मदेवी, खाँदबारी, षडानन्द, भोजपुर, दिक्तेल रूपाकोट मझुवागढी, चौदण्डीगढी, राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, सप्तकोशी, डाक्नेश्वरी, बोदेबर्साइन, खडक, धनगढीमाई, मिर्चैया, कल्याणपुर, सिराहा, सुखीपुर, कर्जन्हा, कविलासी, मलंगवा, बलरा, जलेश्वर, लोहरपट्टी, रामगोपालपुर, मनराशिशवा, मटिहानी, भँगाहा, बलवा, औरही, गौशाला, धनुषाधाम, मिथिला, सहिदनगर, सबैला, कमला, मिथिला बिहारी, हंसपुर, गणेशमान चारनाथ, क्षीरेश्वरनाथ, नगराइन, विदेह, महागढीमाई, सिम्रौनगढ, पचरौता, पोखरिया, माधवनारायण, मौलापुर, फतुवा विजयपुर, ईशनाथ, परोहा, राजपुर, देवाही गोनाही, वृन्दावन, गरुडा, राजदेवी, गौर, बौधीमाई, गढीमाई, राप्ती, ठाकुरबाबा, खाँडाचक्र, रास्कोट, तिलागुफा, भेरी, नलगाढ, छेडागाड, चन्दननाथ, ठूलीभेरी, त्रिपुरासुन्दरी, चामुण्डा, दुल्लु, आठबिस, छायाँनाथ, मुसिकोट, चौरजहारी, आठबिसकोट, शारदा, बागचौर, बनगाड कुपिण्डे, वीरेन्द्रनगर, भेरीगंगा, बुंगल, बडिमालिका, बुढीनन्दा, बुढीगंगा, त्रिवेणी, मंगलसेन, कमलबजार, साँफेबगर, पञ्चदेवल विनायक, दिपायल सिलगढी, शिखर, टीकापुर, लम्कीचुहा, शैल्यशिखर, महाकाली, दशरथचन्द, मेलौली, पाटन, पुर्चौडी, अमरगढी, परशुराम, बेलौरी, वेदकोट, पुनर्वास र दोधाराचाँदनी ।

प्रमुख प्रशासकीय अधिकृत बिहीन गाउँपालिका

मौवाखोला, तुम्बेवा, फेदाप, मेन्छयायेम, छथर, साल्पासिलिछो, आमचोक, भोटखोला, गढी, माप्य दुधकोशी, नेचासल्यान, लिखुपिके, चम्पादेवी, जन्तेढुंगा, केपिलासगढी, दिप्रुङ चुइचुप्पा, साकेला, रूपनी, वलान बिहुल, विष्णुपुर, महादेवा, अर्नमा, मुखियापट्टि, पिपरा, सोनमा, रामनगर, विष्णु, पर्सा, कौडेना, वसबरिया, ब्रह्मपुरी, करैयामाई, फेटा, सुवर्ण, सखुवा प्रसौनी, धोबिनी, छिपहरमाई, जिराभवानी, यमुनामाई, गोलन्जोर, हरिहरपुरगढी, दोरम्बा शैलुङ, बिगु, बैतेश्वर, लिसंखुपाखर, हेलम्बु, चौँरीदेउराली, भुम्लु, महाभारत, बागमती, तारकेश्वर, म्यागङ, गोसाइँकुण्ड, खनियाँवास, मर्स्याङ्दी, चामे, मनाङ डिस्याङ, जलजला, विहादी, कोटहिमाई, सम्मरीमाई, बैजनाथ, डुडुवा, पुथा उत्तरगंगा, कुमाख, गुराँस, नौमूले, कुसे, जगदुल्ला, काइके, हिमा, गुठीचौर, पातारासी, शुभकालिका, महावै, मुगु कार्मारोङ, सोरु, खत्याङ, सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, ताँजाकोट, अदानचुली, गौमूल, स्वामीकार्तिक, हिमाली, गजन्नाथ, चौरपाटी, मेल्लेख, रामारोशन, बान्निगढी जयगढ, ढकारी, तुर्माखाँद, सायल, बोगटान फुङ्सिल, खप्तडछान्ना, मष्टा, बित्थरचिर, साइपाल, छबिसपाथिभेरा, तलकोट, दुर्गाथली, सुर्मा, अपि हिमाल, दुहुँ, मार्मा, ब्याँस, शिवनाथ, पञ्चेश्वर, डिलासैनी र दोगडाकेदार गाउँपालिका ।

प्रकाशित मिति:June 18, 2024