विशेष अदालतमा ‘जो जहाँ छ त्यहिँबाट बहस, बयान र बकपत्र’ (भिडिओ)

  Sampatti News 2024

June 24, 2024

काठमाडौं । न्यायालयले ढिलो न्याय दियो, पेशी चाडै आएन र बारबार अदालत धाउनुपर्ने नागरिक तहमा चल्ने चर्चा अनि गुनासोलाई विशेष अदालत बबरमहल स्थित कार्यालयले अब, यस्तो समस्यालाई दुर गरिदिएको छ ।

विशेष अदालतले ‘जो जहाँ छ त्यहिँबाट बहस, बयान र बकपत्र’ गर्न मिल्ने गरिको प्रविधि प्रयोग गर्न थालेको छ । अदालतले जनतामा सहज पहुँच पुर्याउनका लागि सूचना मैत्री प्रविधिहरुको प्रयोग गर्न थालेको हो ।

विषेश अदालतमा दुईवटा इजलास छन् । दुईवटै इजलासमा भर्चुअल बहस र बकपत्र गर्न मिल्ने गरी प्रविधि जडान गरिएको छ । मुद्दा विशेष अदालतमा पर्ने तर साक्क्षी, कानुनकर्मी लगायत अन्य व्यक्तिहरु अदालतमै उपस्थिति हुन नसक्ने स्थितिमा बयान तथा बहस भर्चुअल मार्फत गर्न सकिने गरी सूचना प्रविधिको सुरुआत गरिएको विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर बताए ।

अध्यक्ष कुँवर सम्पत्ति न्यूजसँग भन्छन् – “जनतालाई न्यायमा सहज पहुँच पर्याउनका लागि आफ्नो टिम, न्यायाधिस र प्रसाशकहरुसँग गम्भिर छलफल गर्यौ, हाम्रो टिमले २०८० मंसिर १८ गतेबाट काम गर्न थालेको हो । हामि आउदा २०७५ सालका मुद्दा पनि थिए । २०८० सम्ममा १७६ थान मुद्दा बाँकी थिए । यस्तो अवस्थामा जनतालाई सहजताका लागि कसरी फड्को मार्न सक्छौ भन्ने विषयमा छलफल भएपछि ‘भर्चुअल हेयरीङ सिस्टम’ लागु गर्यौ । कोभिडको बेलामा प्रयोग भएको प्रविधिको सामान्य समयका बेलामा पनि यो सिस्टम लागु गर्न अगाडि बढ्यौं । सम्माननिय प्रधानन्यायाधिस ज्यूले पनि सूचना प्रविधिलाई प्रयोग गर्न खोजिरहनु भएको बेला उहाँसमक्ष यो प्रस्ताव राख्दा अगाडि बढ्होस भनेपछि हामीले यो प्रविधि प्रयोग गर्न सुरु गरेका छौं ।”

२०८० चैत १५ गतेबाट यो प्रविधिको सुरुआत भएको र जुनसुकै स्थानमा भएका मानिसहरुले जहाँको तहिबाट बयान, बकपत्र दिन मिल्ने भएको उनको कुँवरको भनाई छ । उनले भने– “भर्चुअलबाट बहस र वयान बकपत्र गर्न मिल्ने भएपनि अहिले केही मात्रामा मात्र भर्चुअल बहस र बयान भएका छन् । तर, प्रविधिको प्रयोगबाट उक्त काम गर्न सकिने विषय धेरैलाई थाहा नभएको र प्रचारको कमि भएको छ । अब यो विषयलाई कसरी जनता समक्ष यस्तो सुविधा छ है भन्ने सूचना दिने भन्ने तर्फ सोच राखेका छौं ।”

कतिपय कानुन व्यवसायीहरुलाई पनि यसबारे जानकारी नरहेकोले कानुन व्यासायीलाईसमेत यसबारे सूचना पुर्याउनुपर्ने अवस्था रहेको उनको भनाई छ । जनतालाई न्यायमा पहुँचको सहजताका लागि यो धेरै सुविधा हुने उनको भनाई छ । सो प्रविधिले मुद्दाको मिति, तारेख धाइरहनुपर्ने समस्यामा कमि हुने र मुद्दा छिटो पेशी हुने तथा तुरुन्तै कार्य सम्पादन हुने उनले बताए ।

उक्त प्रविधिको प्रयोगका कारण आम नागरिकले समयको लागत र विषय टुङ्याउने विषयमासमेत ठुलो राहत मिल्ने जानकारहरुको भनाई छ । यो प्रविधिको सुरुआत गरेर विशेष अदालतले सरकारी सेवा प्रवाहमा उदाहरणिय बनेको सरोकारवालहरु बताउछन् ।

अदालत हो कि मन्दिर !

विशेष अदालतमा न्यायका लागि पिडा बोकेर आउने पिडितहरु अदालत परिसर छिर्ने वितिकै उनीहरुको नजर र सोचाइमा सकारात्मक उर्जा मिल्ने दृष्य देख्न पाइन्छ । अदालत परिसरको दुष्यले जो कोहीले एकैछिनका लागि भएपनि आफ्नो पिडा भुल्ने गरि अदालत परिषर साजसज्जा गरिएको छ ।

अदालत परिसर छिर्दा मन्दिर छिरेको अनुभुति दिलाउने यहाँ सुन्दर फूल फूलिरहेका दुष्यले पिडामा परेकाहरुको मनमा न्याय पाउने उर्जा आउने गरिको वातावरण देख्न पाइन्छ । सेवाग्राहीका लागि सुन्दर प्रतिक्षालय, उनीहरुलाई समय व्यतित गर्नका लागि टेलिभिजन, अनि मोवाइल लगायत विद्युतिय सामग्री चार्ज गर्न चार्जिङ पोइन्ट राखिएको छ ।

अदालत परिसरमा यतिका काम नियमित रुपमा आउने बजेटबाट व्यवस्थापन गरेर गरिएको कुँवरको भनाई छ । अदालतको अर्बौंको सम्पत्तिको सुरक्षाको निम्ति ‘कम्पाउण्ड वाल’ समेत धमाधम निर्माण कार्य भइरहेको छ । यो नियमित बजेट बाटनै निर्माण भइरहेको कुँवरले बताए ।

अदालतमा न्यायका लागि आउने सेवाग्राहीका लागि न्याय दिलाउन कुनै पनि कसर बाँकी नरहेको अध्यक्ष कुँवर दाबी गर्छन । मानिसहरुले अदालतलाई विषयमा विभिन्न किसिमले भ्रम फैलाउन खोजे पनि यहाँ आउनेहरु न्याय बोकेरै जाने उनको जिकिर छ । उनले भने – ‘हामिले सुन्दर बगैँचा, प्रतिक्षालय र गेटमा विभिन्न विद्वानका कोटेशन लेखेर राखेका छौं यसले यहाँ आउने सेवाग्राहीलाई केही हदसम्म हौसला मिल्ने विश्वास लिएका छौं । ’

(यो समाचार विषेश अदालतका अध्यक्ष टेकनारायण कुँवरसँगको विषेश कुराकानीबाट तयार पारिएको हो । उहाँसँगको कुराकानी हेर्न तलको लिंक क्लिक गर्नुहोला )

प्रकाशित मिति:June 24, 2024