विशेष अदालतका अध्यक्ष कुँवरको नजरमा अख्तियारले मुद्दा किन हार्छ ? (भिडिओ)

  Sampatti News 2024

June 28, 2024

काठमाडौं । सार्वजनीक पद धारण गरेका व्यत्तिहरुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने धेरै जसो मुद्दा हार्ने गरेका तथ्याङ्कहरु प्राय वर्षेनी सार्वजनीक हुने गरेका छन् ।

विशेष अदालतमा अख्तियारले प्रमाण सहित दायर गरेका कतिपय मुद्दा धेरै हार्ने र राष्ट्रको हितमा नहुने धेरै विश्लेषकहरुले बताउनेसमेत गरेका छन् । अख्तियारमा कानुनका ज्ञाताहरुले जुनसुकै घटनाको गहिरो अनुसन्धान गरेर विशेष अदालतमा रिट दायर गर्ने गरेको तर हरेका वर्ष करिव ५० प्रतिशत मुद्दाहरु हार्ने गरेका तथ्याङ्क देखिन आएका छन् ।

सार्वजनिक पद धारण गरेका व्यत्तिका त्यस्ता मुद्दामा अख्तियारले हार्नुका पछाडि विविध कारण रहेकोे विशेष अदालत बबरमहलका अध्यक्ष टेकनारायण कुँवर बताउछन् ।

कुँवर भन्छन् – “न्यायको कुरा धेरै जटिल छ । अख्तियारले मुद्दा दायर गर्छ र विशेष अदालतले यसको छिनोफानो गर्ने काम गर्दछ । अहिले मिडियाको युग छ । मुद्दा पर्ने वितिकै मिडियाहरुले मुद्दाका बारेमा समाचारहरु बाहिर ल्याउछन् । तर, अनुसन्धान गर्ने कुरा र प्रमाण जुटाउने कुरा धेरै जटिल छन् । साधन स्रोत, जनशक्तिलाई तालिम र अनुसन्धान गर्दा प्रयोग गरिने आधुनिक प्रविधि र प्रणालिहरु अझै जुटिसकेका छैनन् । यस्तो अवस्थामा जे जस्तो सुविधा छन् त्यहि आधारमा अनुसन्धान भएर आउने गर्छ ।”

कानुनी जटिलता हुदै गर्दा पनि न्यायलय (न्यायाधिस)ले न्याय सम्पादन गर्दा कानुका मान्य सिद्धान्त र प्रमाणहरुलाई केलाएर त्यसका अधारमा निष्कर्ष निकाल्ने उनको भनाई छ । कतिपय अनुसन्धानमा त्रुटी हुने तर त्यसका कारण पनि रहने कुँवरको बुझाई छ ।

“साधन स्रोत जस्तो छ त्यहि आधारमा अनुसन्धान हुन्छ । अनि धेरै वर्ष अगाडिका ‘करप्सन’का केसहरु धेरै वर्ष पछाडि अनुसन्धान गर्दा प्रमाणहरु लोप भएका हुन्छन । अब, लोप भएका प्रमाण मिसलमा देखिदैन अदालतले त्यसलाई मान्यता दिदैन । यो आधारमा सफाई पाउने र ठहर्ने मुद्दाहरुको स्थिति भर पर्ने गर्दछ ।” –उनले भने ।

अहिले ‘एभरेज’मा ५० प्रतिशत मुद्दा ठहर भएका छन्, ५० प्रतिशत मुद्दाले सफाई पाएको उनको भनाई छ । उनी भन्छन्– “सतप्रतिशत विकसिक मुलुकमा मात्र हुन्छन् । जहाँ ‘टेक्नोलोजी’को धेरै प्रयोग हुन्छ । हामिकहाँ त्यस्तो स्थिति छैन त्यसो हुनाले हामिले न्याय सम्पादन गर्दा मिसिलका तथ्य, मिसिलमा संलग्न प्रमाण र कानुकाको अवस्थालाई विचार विश्लेषण गरेर गर्ने हो अनुमानका भरमा मानिसलाई दोषि ठहराउनु हुदैन । अदालतले न्याय सिद्धान्तका मान्यतालाई परिपालना गर्नुपर्ने हुन्छ ।”

“म यहाँ न त अख्तियारले गलत गरेको को भन्न सक्छु । नत अदालतले गलत गरेको हो भन्छु । भ्रष्टचार विश्वभरिनै छन् । त्यसबाट जनता आजित हुन्छन् । जनताले भ्रष्टचार सम्बन्धि समाचार सुनेपछि यसलाई ठहर भइदिए हुन्थ्यो भन्छन् । तर, कानुनका ज्ञाता र न्यायाधिसहरुले औपचारिक न्याय सम्म्पादन त न्यायपूर्ण ढंगले गर्ने गर्दछन् ।” उनले भने ।

प्रमाणविना र शंकाका भरमा कसैलाई दोषि ठहर गर्न नहुने उनको भनाई छ । तिनै शंकाहरुको यथेस्ट प्रमाण नभएको अवस्थामा सफाई पाउने हो तर, राज्यका हरेक निकायले न्याय होस, भ्रष्टचारीले सजाय पावस र निर्दोश नपरोस भन्ने चाहना राख्ने उनको ठम्याई छ ।

अख्तिायारले प्राय मुद्दाको गहिरो अनुसन्धान गरेर पर्याप्त प्रमाणका आधामा मुद्दा पेश गर्ने गरेका छन् । तर पनि कतिपाय मुद्दामा सफाई हुने गर्छ, यस्तो किन भयो होला भन्ने आम मानिसको प्रश्न छ नी भन्ने सम्पत्ति न्यूजको जिज्ञासामा उनी भन्छन्– “यो एउटा विशेषज्ञता भएको क्षेत्र हो । बाहिर जनताले गर्ने तर्क र विशेषज्ञले गर्ने तर्कमा धेरै ठूलो फरक हुन्छ । यो बुझाई सामान्यनै हुन्छ र सामान्य नागरिकले बुझ्ने त्यसरी नै हो । मैले मेरो ‘चेयर’बाट हेर्दा हामिले गर्ने विश्लेषणमा नत विगतमा न त अहिले कुनै कमि कमजोरी छ भन्ने मलाई लाग्दैन् । यदि भएको छ भने सुप्रिम कोर्टबाट सर्वोच्चमा अपिल मुद्दामा जुन पक्षले हार व्यहोरेका हुन्छ त्यो पक्ष जान्छ । त्यहाँबाट अन्तिम फैसला हुन्छ ।”

विशेष अदालतमा भ्रष्टचारका मुद्दामा भनसुनबाट उम्केका त होइन भन्ने छ भने त्यो एउटा उब्जाइएको भ्रम हो। त्यस्तो हुनै नसक्ने उनको भनाई छ ।

(यो समाचार अध्यक्ष कुँवरसँग भएको विशेष कुराकानीबाट तयार पारिएको हो । उहाँसग भएको कुराकारी तलको भिडियोमा हेर्न सकिनेछ ।)

प्रकाशित मिति:June 28, 2024