घर तथा गाडी कर्जामा ब्याजदर नबढाउन राष्ट्र बैंकको आग्रह, परिमार्जिज एकिकृत निर्देशन सहित

  Sampatti News

September 8, 2020

काठमाडौँ । अब बैंकबाट लिएको ऋणको ब्याजदर नबढ्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६ लाई परिमार्ज गर्दै यस्तो व्यवस्था लिएको हो ।
कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लामो समय लकडाउन र निषेधाज्ञाका कारण मुलुकभरको आर्थिक अवस्था कमजोर बनिरहेको छ ।

व्यापार व्यवसाय बन्दप्रायः रहेका बेला आर्थिक अवस्था कमजोर भइरहेका बेला मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले घर तथा गाडी खरिदका लागि दिएको ऋणको ब्याजदर नबढाउन निर्देशन दिएको हो ।

घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको सो निर्देशनले घर तथा गाडी कर्जा लिएकाहरुलाई राहत महसुस गराएको छ ।

पछिल्लो समय बैंकहरुले विभिन्न बाहनामा ब्याज बढाउन थालेको भन्ने गुनासो आइरहेका बेला राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार कर्जाको अवधिभर ग्राहकले एउटा निश्चित रकम किस्ता तिरे पुग्ने भएको छ ।

बैंकहरुले बेसरेट परिवर्तन भएसँगै ब्याजदर घटबढ गर्दा व्यक्तिगत प्रयोजनका लागि कर्जा लिने ग्राहकहरु समस्यामा परेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले कर्जा अवधिभर निश्चित व्याजदर कायम गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाका सीइओहरुसँगको जुम मिटिङमा मगंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टर्म लोन लिने ऋणीका लागि फिक्स्ड ब्याजदर कायम गर्न निर्देशन दिए ।

निर्देशनमा व्यक्तिगत प्रयोजनका टर्म लोन लिने ऋणीका लागि ब्याजदर फिक्सड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

‘एउटा कुनै ऋणीको मासिक ५० हजार रुपैयाँ किस्ता तिर्नसक्ने क्षमता छ, उसले सोही अनुसार बैंकबाट ऋण लिएको हुन्छ तर बैंकहरुले २÷४ महिनामै ब्याजदर बढाउँछन् र उसले तिर्नुपर्ने किस्ता बढेर ५२÷५५ हजार रुपैयाँसम्म हुने गरेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यस्तो अवस्थामा निश्चित आम्दानी भएको ऋणीले ऋण तिर्न नसकेर डिफल्टर हुनुपर्ने बाध्यता छ । यसलाई रोक्न फिक्सड ब्याजदर हुनुपर्ने व्यवस्था गरेका हौं ।’

राष्ट्र बैंकले यसअघि पनि फिक्स्ड ब्याजदरमा ऋण दिन निर्देशन दिएको थियो । तर बैंकहरुले यसको कार्यान्वयन गरेका थिएनन् । अहिले कर्जाको क्षेत्र नै तोकेर ब्याजदर फिकसड गर्न भनेको हो ।

राष्ट्र बैंकको निर्देश्न अनुसार अब कुनै पनि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रयोजनका टर्म लोनको स्किम ल्याउँदा त्यसमै कर्जाको ब्याजदर उल्लेख गरेको हुनुपर्छ । उक्त स्किममा बैंकले कर्जा अवधिभर फिक्स ब्याजदर हुँदा पर्न आउने ब्याजदर र किस्ता प्रष्टरुपमा उल्लेख गरेको हुनुपर्छ ।

र, बैंकले अर्को अप्सन पनि दिन सक्छ । यदि ग्राकले भावी दिनमा आधार दरमा हुने परिवर्तनका आधारमा तलमाथि ९फ्लक्चुएट० हुने स्किम रोज्नुहुन्छ भने त्यो व्यवस्था पनि गर्नुपर्छ ।

यसरी स्किम आउँदा ग्राहकले जुन स्किम रोज्छन् त्यसै अनुसारको सम्झौता गरेर बैंकले ऋण दिनुपर्छ । ग्राहकको इच्छाविपरित गर्न पाइँदैन । यो व्यवस्थाले ग्राहकको मनोवल उच्च बनाउने राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ ।

यस्तो छ परिमार्जित एकिकृत निर्देशन:

प्रकाशित मिति:September 8, 2020