आँफैले आफ्नो घाँटीमा गोली चलाउदा नेपाली सेनाको मृत्यु

  Sampatti News 2024

August 3, 2024

काठमाडौं । नेपाली सेनाका एक जवानले आँफैले आफ्नो घाटीमा गोली चलाउदा मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आँफैले आफ्नो घाँटीमा गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अुसन्धानबाट खुल्न आएको छ ।

प्रकाशित मिति:August 3, 2024