काभा वुमन्स लिगः नेपालले भारतमाथि ऐतिहासिक जीत निकाल्यो

  Sampatti News 2024

August 3, 2024

काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको काभा वुमन्स नेसन्स लिग भलिवलमा नेपालले भारतमाथि सानदार जीत निकालेको छ ।

आज भएको लिगमा खेलमा नेपालले भारतलाई ३–२ सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२–२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५–१७ अंकले जीत निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा १८–२५ ले गुमाउन पुग्यो ।

पाँचौं सेटमा १५–१३ ले जीत निकाल्दै नेपालले इतिहास बनाएको हो ।

प्रकाशित मिति:August 3, 2024