५० किलो गाँजासहित महिला पक्राउ

  Sampatti News 2024

August 3, 2024

पर्सा । पर्सा प्रहरीले ५० किलोग्रम गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाँउपालिका २ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले लागुऔषधसहित पक्राउ परेकी गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा ५० किलोग्राम गाँजासहित पक्राउ गरेको जानकारी दिए ।

प्रकाशित मिति:August 3, 2024