पाँचथरको फालेलुङमा भेटिएको बम सेनाद्वारा डिस्पोज

  Sampatti News 2024

August 30, 2024

फिदिम । विहीबार पाँचथरको फालेलुङ गाउँपालिका ५ मा विस्फोटक पदार्थ (बम) पड्कीएर दुई जना बालबालिकाको मृत्यु भएको घर नजिकै झाडिमा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

विहीबार स्थानीय आईतराज केरुङको घरमा बिहिबार दिउँसो विस्फोटक पदार्थ खेलाउदा बिस्फोटमा परी चार बालबालिका घाईते भएका थिए । घाइते मध्ये दुई जना बालबालिकाको मृत्यु समेत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख हेमन्त भण्डारी क्षेत्रीका बिहीबार विस्फोट भएको ठाउँ नजिकै झाडिमा बम जस्तो देखिएका शंकास्पद बस्तु भेटिएको जनाएका थिए ।

त्यो फलामको डल्लोमा खिया लागेको छ । त्यो पनि विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले अध्ययन गरेर डिस्पोज गरेको छ ।

त्यो बस्तु पनि सेनाले डिस्पोज गर्ने क्रममा पड्कीएको स्थानियले बताएका छन् । यसको आधिकारीक पुष्टि हुन भने बाँकी छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति:August 30, 2024