मुख्य सचिव अर्यालको पद बहाली, यस्ता छन् उनका प्रतिवद्धता

  Sampatti News 2024

September 1, 2024

काठमाडौं । मुख्य सचिव एक नारायण अर्यालको आजबाट पद बहाली भएको छ । पद सम्हाल्दै मुख्यसचिव अर्यालले संघिय निजामति ऐन ल्याइने प्रतिबद्धता जनाएका छन् । जिम्मेवारी लिदै मुख्य सचिव अर्यालले सार्वजनिक सेवा तथा विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका थिए ।

पद बहाली पछि उच्च पदस्त कर्मचारीहरुसँग शुभकामना आदानप्रदान गर्दै अर्यालले आफु सदैव टिमवर्कमा काम गर्ने भएकाले त्यसका लागि सबै सचिवहरुबाट इमान्दारीताको अपेक्षा राखेको बताएका छन् ।

देशले पायो दख्खल र काविल प्रशासक, के छन् नयाँ मुख्यसचिवले प्राथमिकतामा राख्नुपर्ने विषयहरु ?

अर्यालले जिम्मेवारी सम्हाल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ‘सेन्टर अफ एक्सलेन्स’ मा रुपान्तरण गरी सरकारको कामकारवाहीलाई प्रभावकारी, जनप्रिय र नतीजामुखी बनाइने बताएका छन् ।

उनले ‘प्रधानमन्त्री कार्यालयलाई सेन्ट्रल अफ एक्सलेन्स’ बनाउने प्रतिबद्धता जानए । उनले भने– ‘त्यो रिपोर्टको संयोजन म आफैले गरेको थिएँ अब त्यसलाई कार्यान्वयन गरिने छ र प्रधानमन्त्री कार्यालयलाई सेन्ट्रल अफ एक्सलेन्स बनाएर सरकारको कामकारवाहीलाई शसक्त बनाइने छ ।’ नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अवशिष्टसहित ४८ वटा कार्यजिम्मेवारी रहेको उल्लेख गर्दै उनले सोही जिम्मेवारी अनुसार काम गरेर प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सलेन्स बनाइने बताए ।

मुख्य सचिव अर्यालले चुनौतीका चाङबीच आफु मुख्य सचिव भएपनि चुनौतीलाई अवसरमा परिणत गर्न सक्ने आत्मविश्वास आफुमा भएको स्पष्ट पारेका छन् । उनले भने – ‘चारैतिर धेरै चुनौती छन् तर चुनौतीलाई अवसरमा परिणत गरी परिणाम दिनु पर्छ यसका लागि टिमवर्कमा काम गरेर परिणाम निकाल्न दत्तचित्त भएर लाग्नेछु ।’

नायब सुब्बादेखि मुख्यसचिवसम्मको यस्तो छ अर्यालको यात्रा…

गृह मन्त्री रमेश लेखकले गृह सचिव अर्याललाई मुख्य सचिवमा पदोन्नति भएकोमा खुसी व्यक्त गर्दै, यो गृह प्रशासनको लागि सुखद विजय भएको बताएका छन् । उनले अर्याललाई योग्य, दक्ष, र परिपक्व प्रशासकको रूपमा स्वागत गर्दै, उनको नेतृत्वमा निजामती प्रशासनले उत्कृष्ट प्रगति गर्ने विश्वाससमेत व्यक्त गरेका छन्, साथै अर्यालको नेतृत्वले सार्वजनिक प्रशासनले उत्कृष्ट प्रगति गर्नेसमेत अपेक्षा गरेका छन् ।

उपसचिव, सहसचिव, र सचिव हुँदै प्रमुख सचिव बनेका अर्यालले प्रशासन सुधारमा उल्लेखनीय योगदान गरेका छन् । २०७२ को गोरखा भूकम्पका बेला काठमाडौँका प्रमुख जिल्ला अधिकारी भएर उत्कृष्ट विपद् व्यवस्थापनदेखि कोलकातामा महावाणिज्यदूत हुँदा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमको सुरुवात र काठमाडौँ महानगरपालिकामा अनलाइन राजस्व सङ्कलन तथा नक्सा पास प्रणालीको विकास उनका महत्त्वपूर्ण उपलब्धि हुन् ।

सरकारको मुख्यसचिव छनोट प्रक्रिया हालसम्म कै उत्कृष्ट

मुख्य सचिव अर्यालले पद बहालि गर्दै दर्जन बढी प्रतिबद्धतासमेत जनाएका छन् । उनले प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सलेन्स’बनाइने, संघीय निजामती सेवा ऐन छिटो ल्याइने, काम गर्न नसक्नेहरुलाई प्रधानमन्त्री कार्यालयमा नराखिने, दोहोरो चरित्र प्रर्दशन असह्य हुने लगायतका प्रतिबद्धता जनाएका छन् । नैतिकता इमान्दारीता , स्वच्छता, पारदर्शीतामा क्षयीकरण रोकिनुपर्ने उनको भनाई छ । चुनौतीलाई अवसरमा परिणत गर्न सक्ने आत्मविश्वास, जनता र निजामती कर्मचारीमा रहेको ठुलो ग्याप हटाउनुपर्ने, जनसेवालाई आत्मसात गर्न सकेमा मात्रै हामी सफल भइने उनको भनाई छ । विचौलियाप्रथा पूर्ण रुपमा निषेध गरिने, तीन तहको सरकार बीच उचित समन्वय गरिने, नीजि क्षेत्रसँग हार्दिकतापुर्ण सम्वन्ध र समन्वय आवश्यक, सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न प्रतिवद्ध, अख्तियार, राज्यव्यवस्था लगायतका निर्देशनको पालना गरिने, मु्ख्य सचिवको जिम्मेवारी र दायित्व अनुसार दण्ड र पु्रस्कारको व्यवस्था, काम नगर्नेहरुको खोजी गरेर आवश्यक कारवाही गरिने उनले बताए ।

नवनियुक्त मुख्यसचिव अर्यालले जिम्मेवारी पत्र बुझे

प्रकाशित मिति:September 1, 2024