चाडपर्व नजिकिदै छ, कालाबजारी नियामक निकायका महानिर्देशक पौडेल र प्रबक्ता अधिकारीको हप्तौं चीन भ्रमण !

  Sampatti News 2024

September 2, 2024

काठमाडौं । बजारमा खाद्यान्नदेखि अत्यावश्यक बस्तुमा मिसावट भएको गुनासो नागरिकको तहबाट आउने क्रम बढदो छ। सरोकारवाला निकायले अपेक्षित सक्रियता देखाउन सकेका छैनन । अनुगमनको मुख्य भुमिका निर्वाह गर्ने निकायले नतिजामुखी काम गर्न नसक्दा बजारमा मुल्यवृद्धि, मिसावट जस्ता समस्याले जरो गाडेको हो।
चाडपर्व नजिकै आउदै छ। बाणिज्य आपूर्ति उपभोक्ता हित संरक्षण बिभागले ऎनको अभाव भन्दै हस्तक्षेपकारी भुमिका खेल्न नसक्दा कालाबजारीहरुले सामराज्य खडा गरेको उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन् ।
स्थानीय तहमा बजार अनुगमनको शाखा भएपनी नयाँ अभ्यास भएकाले माथिल्लो मेलोमेसो बुझ्सकेका छैनौ भनेर पन्छिने गरेको पाइन्छ ।
नागरिकले भोगेका समस्यालाई समाधान गर्ने भन्दा कानुनी प्रक्रिया देखाएर पछिल्ला दिनमा पन्छिने र ब्यापारीसंग गम्किने शैलीले नयाँ मोड लिएको बताइन्छ ।
भर्खरै जिम्मेवारीमा आएका नतिजामा बिश्वास राख्ने मुख्यसचिव एकनारायण अर्यालले आफनो पद बहालीपछि बजारमा अब सुशासनको अनुभुती गर्ने ठाउँ छ ।
नतिजा आउने गरि काम गर्न सबै निकायलाई निर्देशन गरेको भोलि पल्ट नै बाणिज्यका महानिर्देशक राजन पौडेल र बाणिज्य मन्त्रालय दुई पक्षिय महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीलाई ट्रेड फियर हेर्न १३ दिनको लागि चीन गएका छन् ।
राज्यको हितको निम्ति जादै छ्न कि ट्रेड फियर हेर्न र घुमफिर मात्रै महानिर्देशक र प्रबक्ताको भ्रमण हो, यो सन्दर्भको चर्चाले ब्यापकता पाउदैछ।
कतिपय त दुई जना नै किन जानुपर्यो भन्दै कैफियतलाई जोडेर बाणिज्य कै कर्मचारी प्रश्न गर्न थालेका छन् ।

चाडपर्व नजिकिँदै जादा एउटा बिभागको महानिर्देशक र मन्त्रालयको प्रबक्ता यति लामो भ्रमणमा किन जादै छन् भन्ने विषयमा बिभागका कर्मचारी स्वयं अलमलमा परेको बुझिएको छ।
चाडपर्वको मौका छोपेर कालाबजारिहरु आआफ्नो धन्धाको निम्ति लागिरहेको बेला महानिर्देशक पौडेल र मन्त्रालयका दुई पक्षिय महाशाखाप्रमुख प्रवक्ताको चीन भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ।
-ऋषिकुमार यादव

प्रकाशित मिति:September 2, 2024