नशाबाट बाहिर निस्कनुस्, भ्याकेटमा जान अदालतको फैसला पूर्णपाठ आउनुपर्छ : बडाल

  Sampatti News 2024

September 11, 2024

काठमाडौँ । सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)माथि ड्रग्सको नशाका सुरमा जे पायो त्यही अशिष्ट तथा छाडा कुरा लेख्ने गरेको आरोप लगाएका छन् ।

मेयर बालेन शाहले नदी किनाराका बस्ती खाली गर्ने सम्बन्धी विवादमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आरोप लगाउने क्रममा बुधवार अर्को लामो स्टाटस लेखेपछि बडालले प्रतिवाद गरेका हुन् ।

अध्यक्ष बडालले सर्वोच्चको फैसला पुनरावलोकनका लागि भ्याकेटको निवेदन लिएर जान पूर्ण पाठ आउनुपर्ने स्मरण गराउँदै जनतालाई दिग्भ्रमित पार्ने तथा मुख छाड्ने काम नगर्न चेतावनी दिएका छन् ।

बडालले वक्तव्यमार्फत भनेका छन्, ‘भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईँ काठमाडौँको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ । न त तपाईँलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ । काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौँ खर्च गरेर साइबर बुली चलाउनुभयो । जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न ।’

तपाईँको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ, ‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो १ आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ । आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २स्३० बजे बैंगलोर उड्नुभयो । यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो । अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्णपाठ आएको दुई महिनामा हो । फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ

https://www.facebook.com/samikbadal/posts/8706819122670242?ref=embed_post

प्रकाशित मिति:September 11, 2024