मुख्यसचिव अर्यालको ‘स्पष्ट निर्देशन’, होला त अक्षरस पालना ?

  Sampatti News 2024

September 18, 2024

काठमाडौं । हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक कुसल प्रशासकमा हुनुपर्ने क्षमता प्रस्तुत गरेका छन् । ‘बजारको सुशासनमा देखिएको चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा सहभागि हुन पुगेका अर्यालले जनताका लागि कर्मचारीले खटिनु पर्ने र जनताकै हितमा काम गर्नु पर्ने बताएका थिए ।
काठमाडौं उपत्यकाका तीन सिडियोलाई साथमै राखेर नजिकिदै गरेको चाडपर्वमा हुन सक्ने कालाबजारीलाई रोक्न लाग्न निर्देशन नै दिए । त्यति मात्र हैन कार्यक्रम मार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित सबै निकायलाईसमेत यो विषयमा गम्भिरताका साथ अगाडि बढ्न निर्देशन नै दिए ।

‘खास गरेर चाडपर्वको समयमा जिम्मेवार पदाधिकारीहरूले राजनीतिक झोला छाडिदिनुहोस् । पद र बर्दि पनि बिर्सिदिनुहोस् ।’, उनले भने, सबै कुरा बिर्सिएर जनताको लागि काम गरौं, जनताको सेवामा लाग्न म अनुरोध गर्छु ।’
अर्याललको यो भनाइलाई कतिको अक्षरस पालना हुन्छ भन्ने विषय हेर्न बाँकी छ । तर उनको यो औपचारीक निर्देशन नै थियो ।

उनको यो निर्देशन कर्मचारी बृत्तमा धेरै खुसियाली छाएको छ । धेरै कर्मचारीहरुले आफुहरुलाई मुख्यसचिवको अभिव्यक्ति काम गर्न थप सहज भएको बताउछन् ।

एकनारायण अर्याल यस्ता प्रशासक हुन जो अहिलेसम्म कुनै पनि राजनीतिक ट्याग भिरेका छैनन् । उनी आफु प्रस्ट भएको र स्वतन्त्र रुपमा काम गर्न पाउनु पर्ने धारणासमेत राख्ने प्रशासकका रुपमा चिनिन्छन् ।

विगतमा चाडपर्वकोे वेलामा कालाबजारी गर्नेहरु छ्याप छ्याप्ती भेटिन्थे तर तिनिहरुलाई कार्वाही गरेको कतै भेटिदैन थिए ।कर्मचारीको अभिभावका रुपमा आएक अर्याल जस्तो व्यक्ति मुख्यसचिव हुँदा कालाबजारी गर्नेहरुलाई कानुनी कठघरमा उभ्याउन देशभरका सम्बन्धित निकायहरु जाग्नु पर्ने बेला भएको सम्बन्धित क्षेत्रका विज्ञको धारणा छ ।

काला बजारी रोक्न के गर्नु पर्छ ?

१. कालाबजारीलाई रोक्नका लागि कडा कानून बनाउनु र लागू गर्नु आवश्यक छ । उल्लङ्घनकर्ताहरूलाई कडा सजायको व्यवस्था गर्नुपर्छ ।
२. बजार निरीक्षण गर्ने निकायहरूको प्रभावकारीता बढाउनुपर्छ । नियमित निरीक्षण र अनुगमन गर्ने व्यवस्था गर्नु महत्त्वपूर्ण छ ।
३. अत्यावश्यक वस्तुहरूको मूल्यमा नियन्त्रण राख्नका लागि नीति निर्माण गर्नुपर्छ । ताकि कृत्रिम रूपमा मूल्य बढाउन नपाओस ।
४. कालाबजारीको बारेमा जनचेतना बढाउने काम गर्नुपर्छ, ताकि उपभोक्ताहरू सचेत र सतर्क रहन सकोस ।
५. आपूर्ति श्रृंखलामा अनुगमन गर्नुहोस् र सुनिश्चित गर्नुपर्छ कि उत्पादनहरू उचित मूल्यमा वितरण भइरहेका छन् ।
६. सम्भव भए अनलाइन बिक्री च्यानलहरूमा पनि निगरानी गर्नुपर्छ, ताकि त्यहाँ पनि कालाबजारी रोक्न सकियोस् ।
७. समुदायलाई कालाबजारीको विरुद्धमा सचेत र सक्रिय बनाउनुपर्छ, ताकि स्थानीय स्तरमा निगरानी र प्रतिरोध गर्न सकियोस ।
८. विभिन्न सरकारी निकायहरू, व्यापार संघहरू र उपभोक्ता संरक्षण संगठनहरूबीच समन्वय गर्नुपर्छ ।

बजार अनुगमन गर्ने निरिक्षकमा हुनुपर्ने गुण

  • उच्च नैतिक मानक र ईमानदारीका साथ काम गर्नुपर्छ ।
  • समस्याहरू र जानकारी प्रभावकारी तरिकाले सञ्चार गर्न सक्नुपर्छ ।
  • डाटा र तथ्यहरूको गहिरो विश्लेषण गरेर तर्क गर्न सक्ने क्षमता आवश्यक छ ।
  • समस्या समाधानस् समस्याहरू चिन्न र समाधान गर्न चतुर हुनुपर्छ ।
  • समुदायको आवश्यकता र चासोहरूमा सजग रहनु महत्त्वपूर्ण छ ।
  • काम प्रति प्रतिबद्ध रहनु र कालाबजारी रोक्नका लागि समर्पित हुनु आवश्यक छ ।
  • सम्बन्धित कानूनी प्रावधानहरूको राम्रो ज्ञान हुनु महत्त्वपूर्ण छ ।
  • अन्य निकायहरूसँग सहकार्य गरेर काम गर्न सक्ने क्षमता आवश्यक छ ।
  • अनुगमन गर्दै गर्दा सजग रहनु र कुनै पनि असामान्य गतिविधिहरूमा ध्यान दिनु महत्त्वपूर्ण छ ।

प्रकाशित मिति:September 18, 2024