प्रभु बैंकका उच्च पदस्त व्यक्ति अबैध ढंगबाट ऋण प्रवाह गर्दै, सर्वसाधारणको बचत जोखिममा

  Sampatti News 2024

September 18, 2024

काठमाडौं । प्रभु बैंकका उच्च पदस्त अधिकारीहरुले बैंकको ऋण प्रवाह अबैध ढंगबाट गरिरहेको खुल्न आएको छ ।
प्रभु बैंकको केन्द्रीय कार्यलय बबरमहमा कार्यरत डेप्युटी डिसिओ मणिराम पोख्रेल र कार्यकारी अधिकृत अशोक शेरचनले अबैध ढंगबाट सर्वसाधारणको बचतलाई डुवाउने खेलमा लागेको खुलासा भएको हो ।

उनीहरुले अमुख कम्पनीहरुलाई विभिन्न शिर्षकको नाममा कमिसनको खेलमा ऋण प्रवाह गरिरहेको स्रोतले खुलासा गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकबाट प्रवाह भएका अधिकासं कर्जा खराब कर्जाको रुपमा परिणत भएका छन् । उच्च पदस्त अधिकारीको मिलेमतोमा विभिन्न कम्पनीहरुसँग साठगाँठ गरि अवैध तवरबाट कमिसनको खेलमा ऋण दिदै आएको भेटिदा पनि सम्बन्धित निकायहरु भने मौन बसेका छन् ।
उनीहरुले काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धारामा रहेको टिम्बर ट्रेड लिङ नामक कम्पनीसँग साठगाँठ गरि बचत कर्ताको रकम हिनामिना गरेको प्रमाण फेला परेको हो ।

सो कम्पनीका अख्तियार प्राप्त रुवी खतिवडा र डिसिओे मणिराम पोखरलको मिलेमतोमा स्टक, बिक्रि तथा धितोसमेत नभएको सानो कम्पनीलाई २ करोड १९ लाख रुपैयाँ ऋण दिइएको खुल्न आएको हो ।

प्राप्त जानकारी अनुसार सो ऋण राम्रै कमिसनको खेलमा प्रवाह गरिएको हो । बैंकले तयार पारेको कागजमा २०७७ कात्तिक १७ गते मालोपोत कार्यालय काभ्रेपलाञ्चोकको रजिष्ट्रार नम्बर १४०७ ‘ग’ बाट धितो लिखत पारित गरिएको, सो कम्पनीको नाममा दर्ता रहेको साबिक पाँचखाल गाविसको ६ मा रहेको कि। न ४०८८ को २ रोपनी एक दाम २ पैसाको जाय जेथा देखाएर उक्त ऋण स्विकृत गरिएको पाइएको हो ।
उक्त जग्गाको मूल्याङकनका आधारमा त्यति रकम ऋण दिन सकिने स्थिति नै छैन तर पनि उनीहरुले सेटिङ मार्फत सो ऋण प्रवाह गरेर बचत कर्ताको रकम भने जोखिममा पारिदिएका हुन् ।

उनीहरुले उक्त कम्पनी मार्फत अर्कै व्यक्तिको विवरण पेस गरेर ऋण निकासा गरेका छन् । सो अबैध कार्यमा बैंकका डिसिओले नक्कली कागजलाई सदर गरेर ऋण दिन विशेष भुमिका निर्वाह गरेको स्रोतको दाबी छ ।

नाम गोप्य राख्ने शर्तमा एक व्यक्तिका अनुसार डिसिओ पोखरेल र खतिवडाबीच भएको सहमति अनुसार कमिसन लिएर अरुको कम्पनीको कागजलाई टिम्बरको नाममा नक्कली कागज बनाई लोन दिएको प्रमाणित भएको हो । सो कम्पनीलाई नक्कली कागज बनाउन चितवनका एकनारायण देवकोटा नामका व्यक्तिको मुख्य भुमिका रहेको बुझिएको छ ।

उनै देवकोटा र डिसिओ पोखरेलको मिलेमतोमा अन्य कम्पनीलाई पनि कमिसनको चलखेल गरि ऋण दिएको हाम्रो स्रोतको दाबी छ ।
उनीहरुले ऋण प्रवाह गर्दा आठ प्रतिशतसम्म कमिसन लिने गरेको स्रोत बताउँछ । पोखरेलले बैंकका तल्लो निकायका कर्मचारीलाई प्रयोग गरि अपुग काजगपत्रलाई सेटिङ मार्फत बनाउन लगाएर ऋण प्रवाह गर्ने गरेका हाम्रो स्रोतको दाबी छ ।

सो विषयमा बैंकका सिइओ शेरचन त्यस्तो वेतिथिलाई रोक्नुपर्ने ठाउँमा आफै संलग्न रहेका छन् । धितो नपुगे पनि बैंकका कर्मचारीले पदको दूरुपयोग गरेर ऋृण दिनु गम्भिर विषय भएको स्रोत बताउँछ ।

पोखरेल डिसिओ भएर आएपछि बैंक नै खतरामा परेको हाम्रो स्रातको भनाई छ । बैंककै कर्मचारी रहेको हाम्रो स्रोतका अनुसार पोखरेलले सिइओ शेरचनलाईसमेत प्रभावमा पारेर सो बैंक धन्दा चलाउँदै आएको दाबी गरेका छन् । उनीहरु उक्त अबैध विषयको कुरा बाहिर आएमा त्यसको दोष तल्लो दर्जाका कर्मचारीलाई लगाएर पन्छिने गरेको स्रात बताउँछ ।

उनीहरुको काम खराब कर्जा नियन्त्रण हो तर खराब कर्जा नियन्त्रण भन्दा पनि झन जोखिम बढेको छ ।

नेपाल राष्ट्र बैंक पनि मौन

प्रभु बैंकमा त्यस्तो वेतिथि रहेको विषयमा बैंक तथा वित्तिय संस्थाको अनुसन्धान गर्ने निकाय नेपाल राष्ट्र बैंकलाई उजुरी गर्दासमेत राष्ट्र बैंक पनि मौन रहेको गुनासो उजुरी कर्ताहरुको छ ।

उक्त अबैध धन्दाको बारेमा राष्ट्र बैंक पछि हट्दा चलखेल गर्ने प्रभु बैंकका उच्च पदस्त कर्मचारीहरुले अबैध कृयाकलापलाई झन बढाएको बुझिएको छ ।

सिइओ र डिसिओले उक्त अबैध कार्य विभिन्न कम्पनी मार्फत ऋण प्रवाह गर्ने र रकम भने आफै चलाउँदै आएको पनि बुझिएको हो ।

उनीहरुको उक्त कृयाकलापका विषयमा पटक पटक राष्ट्र बैंकलाई उजुरी गर्दा पनि राष्ट्र बैंक नै मुकदर्शक बनेकोे आरोप लागेको छ । २०७६ सालमा उनीहरुको उक्त अबैध कृयाकलापको विषयमा उजुरी परेपनि त्यस उपर बैंकले कुनै कारर्वाही गरेको छैन ।

प्रभु बैंककोविरुद्धमा परेका उजुरीमा राष्ट्र बैंकले सञ्चालक समितिसँग जवाफसमेत माग्ने आट गरेको छैन । राष्ट्र बैंकबाट बैंक सुपरिवेक्षणमा जादा पनि उजुरी परेको विषय उपर प्रवेश नै नगरेको पाइएको छ ।

बैंकका उच्च पदस्त व्यत्तिको खातामा गैर कानुनी र असाधारण तवरबाट रकम जम्मा भएको भन्दै छानविन गर्न माग गर्दै उजुरी गरिएको थियो । तर हालसम्म पनि सिइओ र डिसिओमाथि कुनै कारबाही नगर्नु राष्ट्र बैंक पनि उनीहरुको प्रभावमा परेको स्रोतले दाबी गरेको छ ।

राष्ट्र बैंकले कारबाही नगरे पछि सिआइबीमासमेत उजुरी दिइएको थियो । तर सिआइबीले पनि उक्त विषयमा कार्वाही अघि नबढाएको उजुरी कर्ताको गुनासो छ । उक्त घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने सिआइबीले पनि छानविन नगरेर उनीहरुलाई उन्मुक्ति दिइरहेको स्रोतको दाबी छ ।

उक्त कृयाकलापले गर्दा सर्वसाधारण जनताले गरेको बचत खतरामा परेको छ । समाचार श्रोतका अनुसार राष्ट्र बैकका माथिल्लो निकायले बेलैमा चासो नराख्ने हो भने बित्तीय क्षेत्रमा भएको अनियमितताको छानबिनको मौसम चलिरहेको यतिबेला प्रभु बैकका निक्षेपकर्ता समेत आफनो निक्षेप जोगाउन सम्बन्धित निकायमा गुहार माग्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ ।

प्रकाशित मिति:September 18, 2024