हात्तीको आक्रमणबाट माउतेको मृत्यु

  Sampatti News 2024

October 4, 2024

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट सर्लाहीको हरिपुर नगरपालिका–६ का ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोरनजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदो रहेछ, सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो,” निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने । जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएका छन् ।

प्रकाशित मिति:October 4, 2024