महाप्रबन्धक पौडेलको जिद्दीले सस्थान थप संकटमा

  Sampatti News 2024

October 16, 2024

काठमाडौं । किसानले दुख गरेर बिक्रि गरेको दुग्धको रकम दिन नसक्ने अवस्थामा पुगेको दुग्ध बिकास संस्थानका महाप्रबन्धक सुर्य पौडेलको अनुभव हिन र समुहगत छलफल नगरी अगाडि बढने जिद्दी स्वभावका कारण किसानले थप झमेला ब्यहोर्नु पर्ने भएको छ। संस्थान बनाउन आएका महाप्रबन्धक पौडेल आफू भने बने तर संस्थान बनाउन सकेनन कर्मचारी संघका एक पदाधिकारीले सम्पत्ति न्युज लाई बताए। हुन त स्थायीको नाममा काम चोर कार्मचारी, अत्यधिक चुहावट ,ओभर लोड कर्मचारी का कारण किसानको निम्ति दुग्ध बिकास संस्थान हुन सकेन।
आफैमा बिरामी भएको संस्थान सुधार्न आएका पौडेलको नियुक्ति पछिल्ला दिनमा नयाँ पन दिन नसक्दा मन्त्रालय समेत सन्तुष्ट हुन सकेको छैन।
कार्तिक देखी माघर फागुन सम्मको अवधीमा कच्चा दुधको उत्पादन वढ्ने हुदाँ दैनिक खपत भन्दा वढी भएको दुधलाई कन्भर्सन गरी धुलो दुध र मखन बनाई मौज्दात गर्नु पर्ने तथा चैत्र देखी भाद्ररअसोज महिनामा बजार खपत बढ्ने र उत्पादनमा कमी आउने भएकोले सोही अनुसारको व्यवसायीक चक्रलाई सन्तुलन गरी दुग्ध व्यवसाय चलाउने पर्ने हुन्छ। तर दुग्ध विकास संस्थानमा हाल ८०० मेट्रिक टन मखन मौज्दातमा रही उपभोग अवधी सकिन दुई महिना मात्र वाँकी रहेको विराटनगरमा भण्डारण गरिएको मखनमा ढुसी समेत आईसकेकोले उक्त मखनको खपतको कुनै ठोस योजना संस्थान नेतृत्वसँग नरहेको वुझिएको छ।साउन महिनामा दुग्ध पदार्थको सेवन बढने, तिज र स्रोह श्राद्ध तथा दसै तिहार जस्ता पर्वहरुको कारण खपत बढ्ने हुनाले सोही अनुसारको बजारीकरणको योजना अगाडी बढाउनु पर्नेमा सो नगरेको देखियो। यसवाट आउदो दसै तिहारमा संस्थानले गुणस्तर विग्रिएको घ्यू उपभोक्तालाई खुवाउने हो वा विग्रिएको मखनलाई फालेर करिव ७० करोड रकमको प्रत्यक्ष घाटा लगाउने हो रु प्रश्न उठेको छ। साउन महिना देखी प्रत्यक्ष बजार खपत बढ्ने तर संस्थानको नेतृत्वले यस तर्फ कुनै ठोस कदम र संयन्त्र परिचालन नगरेकोले यो अवस्था आएको हो। संस्थानमा महाप्रवन्धकको नेतृत्वमा बजारीकरणको योजना केन्द्रिय कार्यालयको बजार विभाग र आयोजना स्तरमा कार्यान्वयनमा आउनु पर्नेमा नआएको देखियो। अर्को तर्फ संस्थानले कृषकहरुको दुध खरिद नगर्न संकलनमा कोटा लगाएको छ। कृषकको वक्यौदा तिर्न सरकारवाट सहुलियत ऋण लिने तर कृषकको दुध खरिद नगर्ने महाप्रवन्धक पौडेलको नीतिले सस्थान थप लथालिङ्ग बन्न पुगेको बताइएको छ यसैगरी करोडौ रकमको कर्मचारी वक्यौदा उठाउन महाप्रवन्धकले कुनै ठोस कदम चालेको देखिदैन्। करिव २३ करोड रकम आन्तरिक कर्मचारीवाट उठाउन वाँकी रहेको छ तथ्य एकातिर छ।
समाचार श्रोतका अनुसार मन्त्रालयवाट संस्थानले कर्मचारीले निःशुल्क लिने दुध र घ्यूलाई रोक्न निर्देशन भएता पनी सो कार्य महाप्रवन्धक सूर्य पौडेलले नगरेको देखियो।प्राप्त जानकारी अनुसार महालेखा परिक्षकको आ ब २०८०र८१ को प्रतिवेदनमा संस्थान अन्तर्गतका एक आयोजनाका तत्कालिन प्रमुख ईन्द्रभुषण यादवले रु ५५ लाख वरावरको चिज अनियमितता गरेको औल्याएको, संस्थानको संचालक समितको छानविन कमिटीले समेत प्रतिवेदन दिईसकेको तर निज यादवलाई कुनै कारवाही नगरी अन्य दोषी उन्मुख कर्मचारीलाई समेत प्रसय दिने कार्य भएको छ भने यिनै यादवलाई थप जिम्मेवारि दिने तयारी समेत महाप्रवन्धकको रहेको छ।

प्रकाशित मिति:October 16, 2024