ऊर्जामन्त्रीका १०० दिन दिन, यी हुन् मुख्य उपलब्धि

  Sampatti News 2024

October 23, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १०० दिन पूरा भएको छ । गत असार ३० गते उनी नेपाली कांग्रेससहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका थिए । 

 प्रधानमन्त्री ओलीको मन्त्रीमण्डलमा दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनको अवसरमा यस अवधिमा गरेका मुख्य काम र उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री खड्काको दाबीअनुसार यी हुन् मुख्य उपलब्धिहरू :

१. ऐन, कानून तर्जुमा तथा संस्थागत पुर्नसंरचना तर्फः

• राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने ऊर्जा उत्पादनका आन्तरिक स्रोतहरुको अधिकतम विकास गर्न, राज्यको आन्तरिक विद्युत खपत वृद्धि गर्न, अन्तरदेशीय विद्युत व्यापारका सम्भाव्य प्रतिफलहरु प्राप्त गर्न तथा राज्यको ऊर्जा क्षेत्रको योजनावद्ध एवं समयक्रमानुसार विकास गर्नुपर्ने आवश्यकता अनुरुप सन् २०२३ देखि २०३५ सम्मको लागि गरिनुपर्ने कार्यहरु समेटेर ऊर्जा विकास मार्गचिव तथा कार्ययोजना

२०८१” तयार गरी स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌द्मा पेश गरिएको । जलस्रोत र सिंचाइ क्षेत्रमा अध्ययन, अनुसन्धान कार्यको लागि मापदण्ड तयार गरी स्वीकृत गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि नेपाल सरकार मन्त्रिपरिषद् समक्ष पेश भएको ।

• जल तथा मौसम विज्ञान नीति, २०८१ नेपाल सरकारवाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको।

२. ऊर्जा तर्फः

३ अक्टोवर, २०२४ तदनुसार १७ असोज, २०८१ मा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसि विद्युत व्यापार निगम बीच नेपालबाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्ने सम्बन्धी त्रिपक्षीय विद्युत विक्री सम्झौतामा हस्ताक्षर सम्पन भएको।

३ अक्टोवर, २०२४ तदनुसार १७ असोज, २०८१ मा आउदो सुखा यामको विद्युत मागलाई मध्यनजर गरी स्वदेशी विद्युत उत्पादनले अपुग हुने र भारतको एक्सचेन्ज बजारमा मात्र निर्भर हुन नसकिने भएकोले ढल्केबर-मुजफ्फरपुर ४०० के. भी प्रशारण लाईनबाट २०० मे.वा. र टनकपुर-महेन्द्रनगर १३२ के.भी. प्रशारण लाईनबाट ३० मे.वा. RTC विद्युत आयात गर्ने गरी नेपाल विद्युत प्राधिकरण र भारतको विद्युत व्यापार कम्पनी NVVN बीच विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको।

२२०/१३२/३३ के.भी. चिलिमे हव GIS सबस्टेसन र २२०/१३२/३३ के.भी. त्रिशुली हव Hybrid GIS सबस्टेसन गरी २ वटा सबस्टेसनहरु निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको।

मध्यभोटेकोशी ज.वि.आ.बाट बाह्रविसे सबस्टेसन सम्मको ४ कि.मी. को २२० के.भी. सिंगल सर्किट प्रसारण लाईन निर्माण सम्पन्न भएको ।

ढल्केबर-इनरुवा ४०० के.भी. प्रसारण लाईन र ढल्केबर-लोहारपट्टि १३२ के.भी. प्रसारण लाइन एवं १३२/३३/११ के.भी. सबस्टेसन (जम्मा ८२.५ MVA) निर्माण सम्पन्न भई सञ्चालनमा आएको ।

• चिलिमे-त्रिशुली २२० के.भी. प्रसारण लाईन (२८.१ कि.मी., डबल सर्किट / मल्टिपल सर्किट) को निर्माण कार्य लगभग सम्पन्न भएको।

थप २३४.५ एम.भि.ए. क्षमताको (बुर्तिवाङ ४६ एमभिए बाग्लुङः पौडीअमराई ४६ एमभिए गुल्मी, लोहारपट्टी ८२.५ एमभिए महोत्तरी, मलेखु ६० एमभिए धादिङ) नयाँ सबस्टेशनहरुको निर्माण कार्यलाई तीव्रता दिइएको ।

• रसुवा जिल्ला स्थित १११ मे.वा. क्षमताको रसुवागढी जलविद्युत आयोजना, सिन्धुपाल्चोक जिल्ला स्थित १०२ मे.वा.को मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवा जिल्ला स्थित ४२.५ मे.वा. क्षमताको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई संचालनमा ल्याउने कार्य अन्तिम चरणमा रहेको।

• सोलुखुम्बु जिल्ला स्थित १२ मे.वा. क्षमताको दुधकुण्ड खोला ज.वि.आ., म्याग्दी जिल्ला स्थित ३८ मे.वा. क्षमताको निलगिरी खोला ज.वि.आ., सिन्धुपाल्चोक जिल्ला स्थित ९९० कि.वा. क्षमताको सेलांङ खोला साना ज.वि.आ., कास्की जिल्ला स्थित २५ मे.वा. क्षमताको सेती नदी ज.वि.आ., बाग्लुङ जिल्ला स्थित ४.९६ मे.वा. क्षमताको भीम खोला साना ज.वि.आ., संखुवासभा स्थित ५ मे.वा. क्षमताको लंखुवा साना ज.वि.आ. र गोरखा जिल्ला स्थित २ मे.वा. क्षमताको अप्पर रिचेत खोला ज.वि.आ. लगायतका निजी क्षेत्रवाट प्रवर्द्धित आयोजनाहरुबाट करिव ८८ मे.वा क्षमताका जलविद्युत आयोजनाहरु संचालनमा ल्याई राष्ट्रिय प्रशारण ग्रिडमा आवद्ध गरी विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ गरिएको ।

गोरखा जिल्ला स्थित १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु गर्न सुपरभिजनका लागि आवश्यक पर्ने परामर्शदाता छनौटका लागि Terms of Reference, लागत अनुमान र EOI सम्बन्धी कागजातहरु तयार भइरहेको एवम् आयोजनाको निर्माण प्रारूप टुंग्याउने प्रक्रिया प्राथमिकताका साथ् अघि बढाइएको।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत ३२.४ किलोवाट बराबर क्षमताको सौर्य खानेपानी तथा सिंचाई पम्प जडान कार्य सम्पन्न भएको ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत सुस्ता गाउँपालिकामा १०० किलोवाट क्षमताको सौर्य मिनी ग्रिड बाट उत्पादित बिध्युत रास्ट्रिय प्रसारण ग्रिडमा जडान गरि करिव ३०० घरधुरीमा विद्युत सेवा संचालन कार्यसम्पन्न भएको ।

सरकारको १०० दिनको यहि अवधिमा बाढी, पहिरो, डुवान जस्ता राष्ट्रिय विपद्‌को सामना समेत गर्नुपरेको परिप्रेक्ष्यमा सोबाट प्रभावित विद्युत संरचनाको पुनः निर्माण एवम् मर्मत सम्भार तथा विद्युत सप्लाई सुचारु गर्ने कार्यमा मन्त्रालय र मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरु एकजुट भई परिणाममुखी पहलकदमी लिइएको।

प्रकाशित मिति:October 23, 2024