दशैँको अवसर पारेर कालोबजारी गर्ने विचौलियाहरु कुनै पनि बहानामा उम्कन सक्दैनन–प्रमुख जिल्ला अधिकारीः दाहाल

  Sampatti News

September 26, 2020

काठमाडौ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कुनै पनि कालोबजारी गर्नेलाई सकेसम्मको कानुनी सजाए दिने बताउदै त्यस्ता अपराधी कुनै पनि बहाना मा उम्कन सक्दैनन भन्नुभएको छ। तराई बिकास तथा सञ्चारकेन्द्र नेपालले संचालनमा ल्याएको सस्था संचार केन्द्र नेपालले गरेको कार्यक्रममा उहाँले तरकारीलगायतमा कालोबजारी गर्ने विचौलिया र जखमलेहरुलाई समातेर पाता कस्ने बताउनुभएको हो।


कार्यक्रममा उहाँले बजारमा, यात्रामा र वितरण सेवामा सुशासन चाहिएको भन्दै त्यसका लागि पनि प्रशासन कडा हुने बताउनुभयो ।
‘हिन्दुहरुको महान चार्ड दशैँ नजिकीदै गर्दा चार्डपर्वलाई मौका छोपेर विचौलिया र जखमलेहरु हावी भइरहेको गुनासो बढेको छ । हामी तिनलाई पत्ता लगाई समाएर पाता कस्छौं’ दाहालले भन्नुभयो ।
वाणिज्य तथा आपूर्ति उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजार अनुगमन गरी कालोबजारीप्रति निगरानी बढाएको बताए । उनले ३ टोली बनाएर बजारमा टोली परिचालित गरेको र सुक्ष्म ढँगले कारवाही थालिएको समेत बताउनुभयो।


औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले उपभोक्ता ठग्ने, कोभिडका नाममा वितरित औषधिमा अनयिमितता गर्नेमाथि कारवाही थालिएको जानकारी दिनुभयो। । अस्पतालहरुमा कम गुणस्तरका औषधि वितरण हुने गरेको समेत पाइएको जानकारी दिँदै उनले अनुगमन तीव्र पारिएको बताए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सबै ठाउँमा डण्डा लगाएर मात्र पनि नहुने माग र आपूर्तिमा हुने खाडललाई पनि विचार पुर्याउनुपर्ने अनुभव राखे ।
निगम अन्तर्गत पेटोल ६५, डिजेल ८४ र हवाई इन्धन ५३ प्रतिशत स्टक रहेकाले कालोबजारीको गुन्जाइस नै नदिएको उनले बताए ।


सानो नीतिगत सुधारबाट समेत धेरै परिवर्तन गर्न सकिने भन्ने ग्याँसको सन्दर्भमा पुष्टी भएको जनाउँदै पौडेलले भने, बैंक ग्यारेन्टी राखेर ग्याँस ल्याउने सुविधा दिँदा बजारमा जति पनि ग्याँस भित्रियो । अभाव छैन ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका निर्देशक बज्रेश झाले गुणस्तरीय सामाग्री वितरणका लागि विभिन्न विक्रि केन्द्र राखेर काम भइरहेको जानकारी गराए । नुन, चिनीसहित खाद्यान्न, रासायनिक मल लगायतमा भइरहेका प्रगतिविवरण झाले जानकारी गराए ।
उपत्यका अपराध महाशाखा प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापाले विभिन्न ठाउँहरुबाट अपराधीहरुलाई पक्राउ गरिएको, सम्भावित अपराधमा चनाखो भई निगरानी बढाएको बताउदै चाडपर्वमा अझै अपराध बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो टोलि चौबीसै घन्टा खटिरहेको बताउनु भयो।


टाफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालले प्रविधिका माध्यमबाट सडकमै कारवाही र जरिवानाको नयाँ व्यवस्था भित्रिएको बताए ।दशै जस्तो चाडपर्वमा सर्बसाधारण नठगिउन भनी बिशेष सतर्कता अपनाइएको बताउनु भएको थियो।
काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौको शान्ति सुरक्षा बाहिर हल्ला भए जस्तो होइन आफ्नो नियन्त्रणमा रहेको बताउदै नकारात्मक समाचारले कतिपय गर्न सकिने काम पनि नगरेको बताउनु भयो। राजधानी दैनिकका सम्पादक सागर पण्डितले एउटा प्रशासक ईमानदार भए राजनीतिक शक्तिले बारम्बार प्रयोग गर्न सक्दैनन् यसका लागि आजै बाट प्रण गरौ संचार क्षेत्रको सहयोग रहने कुरा बताउनु भएको थियो। राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र सञ्चार केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौँलागाईले सुरक्षा र बजार अवस्थाका विभिन्न बारेमा , राजनीतिक र प्रशासनिक ढिलाइ, मिलेमतोलगायत कोणबाट आआफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति:September 26, 2020