काठमाण्डू, नेपाल सरकारले औषधि उपचार विना कुनै नागरिक मर्न नपरोस भन्ने उद्येश्यका साथ विक्रम सम्वत २०७० साल देखि आठ प्रकारका जटिल रोगहरुको उपचार सरकारी खर्चमा गर्ने नीति लिएको छ ।
सोही नीति कार्यान्वयन गर्न गराउनका लागि आवश्यक बजेटको ब्यावस्था पनि मिलाएको गरेको छ ।
यो अवस्थालाई मान्ने हो भने नेपालमा मृगौला, मुटु, क्यान्सर, हेडइन्जुरी, स्पाईनल ईन्जुरी, अल्जाईमर, पार्किन्सन,सिकल सेल र ईनिपिमया लगायतका रोग भएका नागरिकहरुलाई निस् शुल्क उपचार दिने गरेको छ ।
एक लाखसम्म डाइलासिसका लागि उपलब्ध गराइएको रकम बिपन्नका लागि भनिए पनि बिपन्नको पहुंच भन्दा टाढा रहेको छ ।
तपाईलाई पनि लाग्दो हो मृगौला रोग उपचारमा नागरिकको पैसा लाग्दैन होला । रोग थाहा पाउना साथ सरकारले आफनो खर्चमा उपचार गराई दिन्छ । तर, आम नागरिकको पहुँचमा छैन निस् शुल्क उपचार ।
निस् शुल्क उपचार हुने भनेर तोकिएका अस्पतालमा कहिल्यै पनि बेड उपलब्ध हुँदैन् । पाइने बेड पनि दुइ तीन महिना पछि मात्र अस्पतालले उपलब्ध गराउने गरेको छ ।
अस्पतालले बेड उपलब्ध गराउने भनेको समय सम्ममा या त बिरामी मरिसकेको हुन्छ या समय पर्खंदा पर्खदै बिरामीको अवस्था जटिल बनिसक्छ ।
यस्तो अवस्थामा सरकारले उपलब्ध गराएको सुविधा लिन भन्दा घरखेत बेचेर भएपनि निजी अस्पतालमा उपचार गराउनुको बिकल्प छैन् ।
पूर्वी पहाडमा वसोवास गर्ने एक जना सामान्य आय भएको मैयाँदेवी (नामा परिर्वतन ) लाई मृगौला रोग प्रमाणित भयो ।
निस् शुल्क पउचार हुने बीर अस्पतालमा गइन् । तर, उनको पालो तीन महिनामा पनि नआउने भएपछि रोग पालेर बस्नु भन्दा उपचार गराउन पट्ट लागिन् ।
उनले अहिले निजामति कर्मचारी अस्पतालमा पैसा तिरेर उपचार गराइ रहेकी छन् ।
निजामति अस्पतालसम्म पुग्न पनि उनले कम्ती दुख गरिनन् । दैनिक अस्पताल र बास बस्ने ठाउँमा आउ जाउमा मात्र उनको खर्च दैनिक रुपमा बढेको बढ्यै भयो ।
दैनिक धाएको भरमा उनले निजामति अस्पतालमा रकम तिरेर उपचार पाइन् । यी त एक जना पात्र मात्र हुन् ।
दैनिक जसो निस् शुल्क उपचारका लागि अस्पताल धाउने बिरामी कति छन त्यो भनेर साध्य छैन् । कति पय त अस्पताल धाउँदा धाउँदै उपचार नै नगर्ने अवस्थामा पुगेका हुन्छन् ।
मैयादेवी जस्ता धेरैलाई अव लाग्न थालेको छ निस् शुल्क उपचार भनेको सराकारको भन्ने कुरा मात्र रहेछ । उनलाई प्रष्ट भयो कि सरकारी होस या निजी अस्पताल पैसा नतिरी सरकारले भनेका जटिल रोगमा उपचार छैन् ।
मोटो रकम तिर्ने हो भने अस्पताल पनि स्तरीय अस्पताल पनि छन् । उपचार पनि हुन्छ । पैसा तिरे स्तरीय बेडदेखि उपचार समेत तत्काल हुने रहेछ भन्ने मैयादेवीसहित धरैले बुझि सकेका छन् ।
विपन्न नागरिकले भोगेको अवस्था यस्तो भएपनि सरकारी डाटा भने फरक छ ।
सरकारी तथ्याङ्क अनुसार वर्ष २०८० /८१ मा नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत दर्ता भएका देश भरिका १३३ अस्पतालहरुमा रहेको ९ सय ९० डाइलासीस मेसीनहरुको माध्यमवाट ९ हजार १ सय ७६ विपन्न नागरिकहरुले निस् शुल्क सेवा लिइरहेका छन ।
सो कार्यक्रम अन्तर्गत सेवा पाउनेहरुले हप्तामा २ पटक डाइलाईसीस अनिवार्य पाउने गरेका छन् । यसका अलावा अवश्यक्ता अनुसार कसै कसैले हप्तामा ३ दिन समेत सेवा लिई रहेका छन् । यो सरकारी डाटा हो ।
जसका लागि सरकारले निजी तथा सरकारी अस्पतालहरुलाई प्रति डाइलाईसीस २ हजार ५सय रुपैया तिर्ने गरेको छ । हालसम्म नेपाल सरकारले सो पैसा तिर्दै आएको पनि छ ।
सरकरी डाटामा मोटो रकम बिपन्न नागरिकका लागि जटिल रोगमा खर्च भएको दखिए पनि पीडितहरु भने मृगौला रोग पहिचान भए पश्चात डाईलाईसीसका लागि अस्पताल अस्पताल धाउनु पर्ने अवस्था छ ।
यस्ता अस्पतालमा उपचार गराएर घररखेत बेच्ने अवस्थामा पुगेका पनि धेरै छन् । ओम अस्पतालका नेफरोलोजीष्ट डा. समीरकृष्ण वैध नेपालमा मृगौला रोगीहरुको संख्या दिनानु दिन वढ्दै गको बताउँछन् ।
डा.बैद्य भन्छन्, सोही अनुपातमा सरकारी अस्पतालहरुले मेसीन वढाउनु पर्ने हो । तर, सरकारले मेसीन वढाउन सकेको छैन् ।
सेवाको मूल्य निर्धारण गरेर निजी अस्पताललाई समेत जिम्मा दिएको छ । तर, निजी अस्पतालहरुले पनि मेसीन वढाउन चाहेका छैनन् ।
ुसरकारले उपलब्ध गराएको रकम पर्याप्त नभएको भन्दै पूर्वाधारमा खर्च गर्न पछि हटेका छन भने तोकिएको मुल्यमा दिईएको सेवाको पैसा पनि सरकारले समयमा तिर्न सकेको छैन् ।
सामाज्कि सुरक्षा महाशाखा टेकूका निर्देशक हीरा निरौलाका अनुसार सरकारले दिने भनेको सेवाका लागि अनुमानित वार्षिक ६ अर्व अवाश्यक छ ।
तर, यस वर्षको वजेटमा ३ अर्व राखएको छ । जस मध्ये गतवर्षको बक्यौता तिर्न १ सय ९० करोड खर्च भै सक्यो । वाँकी रहेको १ सय १० करोड मध्येवाट पुरानो तिरो वाकी नै छ । र यो सिङ्गो वर्ष वाँकी रहेको छ ।
यसरी यस वर्ष सरकारले थप ५ सय करोड निकासा गरेन भने यस वर्ष अस्पतालहरुले दिएको सेवाको पैसा आउँदो बर्षमा पाउने सम्भावना रहने छ ।
जव कि अस्पतालहरुको खर्च भै सकेको हुन्छ । यस्तो अवस्थामा अस्पतालहरुले थप नया मेसीनहरु थपेर उपचार दिन सक्ने अबस्था नै छैन भन्छन् ।
यहाँ भन्न छुटेको एउटा कुरा के छ भने अस्पतालहरुमा रहेको एउटा डाईलाइएसीस मेसीनले दिनमा ३ जनालाई सेवा दिन सक्छ ।
हाल अस्पतालहरुमा रहेका मेसीनहरु विभिन्न नाममा वुक छन् । नयाँ मेसीन थपिएको छैन् । तर, विरामीहरु थपिएका छन् । नयाँ विरामीलाई कसरी सेवा दिने यो विषय भोलिको दिनमा ठूलो समस्या बन्ने पक्का छ ।
एकातिर सरकारले पर्यप्त बजेट उयपलब्ध गराएको छैन भने अर्का तर्फ मन्त्रालयले अस्पताललाई दिने बक्यौता सालिन्दा बढ्दै गएको छ ।
अब आगामी बर्षदेखि त उपचार र उपकरणमा गर्ने खर्च चन्दा गत बर्षकै बक्यौता तिर्न पनि रकम नपुग्ने अवूथा छ ।
जटिल समस्याका रोगी दिन दिनै बढदै गएका छन् । सक्नेले त समयमा र सुविधा सम्पन्न अस्पतालमा उपचार पाउलान्।
तर, सरकारले बिपन्न बर्गका लागि भने उपचार आकासको फल भएको छ । एकातिर अस्पतालले समय दिदैं न अर्कातिर बिपन्नका नाममा स्तानीय तहले गर्ने सिफारिस पनि समस्या भएका छन् ।
को बिपन्न हो को सम्पन हो त्यस बारेमा बुझ्दै नबुझी सिफारिस बनाइ दिंदा बास्तबिक बिपन्न भारमा परेका छन् । बिपन्नका नाम सम्पन्नले सहुलियतमा उपचार लिइरहेका छन् ।
जनप्रतिनिधिले पनि बास्तबिकता नबुझी राजीतिक रुपमा दिएको सिफरिसले आगामी दिनमा झन ठूलो संकट आउन सक्ने देखिन्छ । बास्तविक बिपन्नलाई मात्र सिफारिस दिने हो भने पनि अहिलेको समस्या आधा हल भएर जाने छ ।
यति मात्र होइन सरकारले निशुल्क उपलब्ध गराउने भनेको औषधि समेत सरकारी अस्पतालमा पाउन सकिन्दैन् । एकातर्फ सरकार नागरिकका लागि सृवा थपे जस्तो गर्छ ।
सेवा दिने अस्पतालको नियमन र अनुगमन भने गर्न सक्दैन् । यसको प्रत्यक्ष असर आयश्र्रोत कम भएका बिपन्न बर्गमा परेको छ ।
यति सम्म की सरकारी अस्पतालमा त बीमा वापत पाइने सामान्य औषधि पनि अन्यत्र किन्नु पर्ने अवस्था छ ।
नयाँ नयाँ सेवा थप्ने भन्दा पनि उपलब्ध भएका सेवा सुविधालाई ब्यवस्थित गर्न सके आम नागरिकका लागि स्वास्थ्यमा पहुँच हुने थियो ।