January 9, 2025
“धर्म कुनै पनी व्यक्तिको निजि विचार हो, यो उसको नितान्त निजी मामिला हो । हरेक व्यक्तिले उसलाई मन परेको धर्म मान्न पाउनुपर्छ।
यो उसको मौलिक अधिकार हो । धार्मिक स्वतन्त्रता लोकतन्त्रको सार्वभौम मर्म हो।” नेपालमा यो भाष्यलाई बलियो गरि स्थापित गरिएको छ।
यो भाष्यको प्रयोग मार्फत नेपालको राजनैतिक नेतृत्व, न्याय प्रणाली, नागरिक समाज, पत्रकार, सन्चार माध्यम र बुद्धिजिवि वर्गले नेपाली समाजमा सामुहिक धर्मान्तरणलाई प्रोत्साहन गर्दै आएको छ ।
अत्यन्तै निकृष्ट रूपमा धार्मिक साम्राज्यवादको दलाली गर्दै आएको छ । अहिले नेपाली समाजमा जसरी सामुहिक धर्मान्तरण भैइरहेको छ यसले निकट भविष्यमै नेपालका धेरै जाती तथा समुदायको अस्तित्व र पहिचान समाप्त पार्ने कुरामा कुनै शङ्का छैन ।
धर्मान्तरण आज एकाएक आएको परिघट्ना भने होइन । डक्ट्रीनमा आधारित सङठित धर्महरुको उदय भएदेखी नै धर्मान्तरणको प्रकृया चल्दै आएको हो ।
संगठित धर्मको विस्तारले गर्दा आजसम्ममा विश्वका विभिन्न समाजमा रहेका हजारौं रैथाने धर्म संस्कृतिको नामोनिशान मेटिएको छ ।
खास गरेर ईशाको सताब्दी पछाडी उदय भएका इशाई र स्लाम मतको तिब्र तथा आक्रमक विस्तारको कारणले दुई अमेरिकी महाद्वीप, अफ्रिका र अस्ट्रेलियाका लगभग सबैजसो ठाउँबाट तथा एशियाका धेरै समाजबाट रैथाने धर्म संस्कृतिको लोप भइसकेको छ ।
दुई अमेरिकी महाद्विप र अष्ट्रेलियाबाट मौलिक धर्म संस्कृती मात्रै लोप भएन करोडौं रैथाने बासिन्दाको सफाया पनि गरियो।यो कुनै बनावटी कथा होइन।यो त रगतले लत्पतिएको इतिहास हो ।
धर्म साम्राज्यवादको सबैभन्दा बलियो हतियार र धर्मान्तरण यसको सबैभन्दा डरलाग्दो तथा दीर्घकालीन आयाम हो । साम्राज्यवादले धर्मान्तरण मार्फत अन्य समाजलाई मानसिक र मनोबैज्ञानिक गुलाम बनाउछ ।
धर्मान्तरणले सम्बन्धित समाजको मौलिक पहिचान र संस्कृतिको हत्या गर्छ।यो हाम्रै आँखा ले देखेको जगजाहेर सत्य हो।कुनै प्रपोगान्डा होइन ।
धर्मान्तरणले समाजमा यो भन्दा अझै भयनाक परिणाम ल्याउँछ जुन कुरा हाम्रो देशका कथित बुद्धिजीवीहरुलाई थाहा नभएको होकि भन्ने आभास हुन्छ ।
अरु त अरु भए साम्राज्यवादको विरोध गरेर कहिल्यै पनि नथाक्ने नेपालका कम्युनिष्टहरुले पनि धर्मान्तरण साम्राज्यवादको एक घातक स्वरुप हो भनेर आजसम्म एक सब्द पनि बोलेका छैनन् ।
नेपालका कथित बुद्धिजीवीहरुको त के कुरा गर्नु।उनिहरुको विचार र उनिहरुले गरेको वहस देख्दा लाज लाग्छ।उनिहरुप्रती टिठ लागेर आउँछ।यी कथित बुद्धिजीवीहरु आफ्नै खोज र चिन्तनले बुद्धिजीवी भएका पनि होइनन् ।
बरु उनिहरु त अरु कसैले बनाइदिएको भाष्य र दृष्टिकोणको रटान लाएर बनाइएका तयारि बुद्धिजीवी मात्रै हुन् ।
यस्ता बनिबनाउ बुद्धिजीवी र कम्युनिष्टहरुले आजसम्म कहिले र कतै पनि वहस र छलफलमा नल्याएको सामुहिक धर्मान्तरणले समाजमा ल्याउँने असरको विषयमा छोटो चर्चा गरौं ।
१. धर्म परिवर्तन गरेको समाज दासमा रुपान्तरण हुन्छ :
धर्म परिवर्तन गरेको समाजले रैथाने मिथक , मानक र मुल्यमान्यतालाई छाडेर अन्य समाजको भाष्य र दृष्टिकोणलाई अबलम्बन गर्छ । त्यो समाजलाई हिजोसम्म आफुले मान्दै आएको मूल्य मान्यता र परम्परा गलत रहेछ , झुटो रहेछ भन्ने लाग्छ ।
हिजोसम्म हामी गलत बाटोमा रहेछौँ भन्ने लाग्छ।हिनताबोध हुन्छ । यसरी उक्त समाजले आफ्नो आत्म स्वभिमान र आत्मविश्वास गुमाउछ ।
अब उसले अरु कसैलाई नै मालिक मान्छ।उसैलाई आदर्श ठान्छ।जसरी इशाइ मत मान्ने गैर श्वेत समाजले गोरा समाज लाई श्रेष्ठ र आदर्श मान्छ ।
त्यस्तै स्लाम धर्म मान्ने गैर अरबी समाजले अरबीहरुलाई श्रेष्ठ र आदर्श ठान्छ । दक्षिण एसिया भन्दा अन्य ठाउँको हिन्दुले दक्षिण एसियाको हिन्दु समाजलाई आर्दर्श मान्छ ।
यसरी अर्को समाजलाई श्रेष्ठ र आदर्श मान्ने समाजको आत्म स्वभिमान र आत्मविश्वास कमजोर हुन्छ । त्यो समाज हिनताबोधको भावनाले ग्रसित हुन्छ ।
कमजोर आत्म विश्वास र कमजोर स्वभिमान भएको अनि आफ्नो मौलिक दर्शन र दृष्टिकोण नभएको समाज प्रत्यक्ष अप्रत्यक्ष रूपमा अरु कसैको निर्देशन र नियन्त्रणमा चल्छ।त्यो समाज दासमा रुपान्तरण हुन्छ ।
मौलिक धर्म र संस्कृती जिउँदो जाग्दो रहेका चीन, भारत र गोरा समाजले हिजोदेखी आजसम्म बाकी समाज लाई नेतृत्व र नियन्त्रण गर्दै आएका छन् ।
मौलिक धर्म जिवित रहेको समाजको आफ्नै दृष्टिकोण हुन्छ।त्यो समाजको आत्मविश्वास, आत्मस्वभिमान र मनोविज्ञान बलियो हुन्छ । उसले सधैं नेतृत्वदायी भुमिका निर्वाह गर्छ ।
यसको बिपरित धर्मान्तरण भएका अफ्रीका, ल्याटिन अमेरिका, मध्य एसिया र दक्षिण पुर्व एसियाका समाजहरु इतिहासको कुनै पनि कालखण्डमा नेतृत्वदायी भुमिकामा थिएनन् र आज पनि उनिहरु त्यो अवस्थामा छैनन् ।
२. सामुहिक धर्मान्तरणले समाज अराजक बन्छ र पतनको दिशामा जान्छ:
धर्मले समाजको मनोविज्ञान निर्माण र निर्देशन गर्नमा सबैभन्दा महत्वपूर्ण भुमिका खेल्छ । हरेक धार्मिक समुदायको आफ्नै किसिमको विश्वास प्रणाली, चाल चलन, रिति रिवाज र परम्परा हुन्छ र उक्त समाजको मनोविज्ञानको निर्माण र विकास सोही अनुरुप भएको हुन्छ ।
सामुहिक धर्म परिवर्तनले सम्बन्धित समाजको विश्वास प्रणाली , मिथक, रिति रिवाज र परम्परा पनि परिवर्तन हुन्छ । यो सङ्ग सङ्गै उक्त समाजको मनोविज्ञान पनि परिवर्तन हुन्छ ।
त्यो समाजको पुरानो मनोविज्ञान भत्किन्छ र नयाँ मनोविज्ञानको निर्माण र विकास हुन थाल्छ ।समाजको पुरानो मनोविज्ञान भत्किर नयाँ मनोविज्ञान बन्ने प्रक्रिया अत्यन्तै जटिल परिघटना हो । यो प्रक्रियाले उक्त समाजको मनोविज्ञान सयौं वर्षसम्म समयसम्म बिथोलिन्छ ।
समाजको मनोविज्ञानमा आउँने यस प्रकारको उथलपुथलले गर्दा त्यो समाजको विवेक र चेतनाले सहि र तार्किक ढंगले काम गर्दैन । यसको एक दुई वटा उदाहरण हेरौं ।
हिजोसम्म धर्म अफिम हो भन्ने र विज्ञानको हवाला दिने एक कम्युनिष्ट धर्म परिवर्तन गरेर इशाइ भएपछी आज उ कसरि खालि स्वर्ग, नर्क र मुक्तिको मात्रै कुरा गर्छ ???
हिजोसम्म विज्ञानसम्मत कुरा गर्ने त्यही मानिस आज कस्तो तर्कहिन जिद्दी गर्छ ??? कट्टर धर्म बिरोधी नास्तिकले त धर्म परिवर्तन गरेपछी यसरी विवेक र चेतना गुमाउँछ भने धर्म परिवर्तन गरेपछी अरु मानिसको मानसिक र मनोवैज्ञानिक हालत कस्तो होला ??? त्यस्तै हिन्दु वा बौद्धमार्गी बनेको गोरा कसरी भौतारिदै हिड्छ ???
यो हामिले हाम्रै वरिपरि देखेको कुरा हो । तर मौलिक धर्म नछाडेको मानिसले यस्तो असामान्य व्यवहार देखाउदैन।यसरी विवेकहिन र चेतनाहिन बन्दैन किनभने नयाँ ड्रग्सको प्रयोगले प्रयोगकर्ता लाई गतिलो गरि डोज दिन्छ ।
धर्म परिवर्तन गर्ने समाजको निम्ति नयाँ मिथक र भाष्य नयाँ ड्रग्सको डोज जस्तै हुन्छ । नयाँ डक्ट्रीनको डोजले उसलाई बिरामी बनाउँछ । उसको दिमाग खल्बलिन्छ ।
उसको मनोविज्ञान बिथोलिन्छ र उ चेतनाहिन बन्न पुग्छ । यसरी मनोविज्ञान बिग्रीएर विवेक र चेतना कमजोर भएको समाज अराजक बन्छ र त्यो समाज पतोन्मुख हुन्छ ।
अफ्रीका, ल्याटिन अमेरिका, फिलिपिन्स र गैर अरबि मुस्लिम समाज सधैंभरि अराजक र अस्थिर हुनुको प्रमुख कारण धर्मान्तरण र त्यसले ल्याएको मनोवैज्ञानिक उथलपुथलले हो ।
३. धर्म परिवर्तन गरेको समाजमा मानव समाजलाई नयाँ गति दिन सक्ने चिन्तक, दार्शनिक र बैज्ञानिकहरुको जन्म हुँदैन :
धर्म र धर्मसङ्ग सम्बन्धित मिथक, संस्कृती र मूल्य मान्यता समाजको आधारभूत र स्थायी चिन्तनप्रणाली हुन् ।
धर्मले मानिसको सोच र मनोविज्ञानलाई शैशव अवस्था देखिनै निर्देशित गरेको हुन्छ।मानिसको चेतना र चिन्तन उसले अनुसरण गरेको धर्म, संस्कृती, मिथक र मूल्य मान्यता अनुसार निर्माण र विकास हुन्छ।
मौलिक धर्म, संस्कृती, परम्परा र मूल्य मान्यता जिवित रहेको समाजको मौलिक चिन्तन प्रणाली पनि जिवित हुन्छ । उनिहरुको चिन्तन र चेतना एउटा स्तरमा पुगिसकेको हुन्छ ।
उदाहरणको लागि दक्षिण एसियाका हिन्दुहरुले हिन्दु शास्त्रलाई विज्ञानसङ्ग जोडेर तार्किक ढङ्गले ब्याखा गर्छन् ।
स्वर्ग, नर्क, मोक्ष र मुक्ती लाई विज्ञानसम्मत हिसाबले ब्याख्या गर्छन् । उनिहरुको त्यस्तो समाजको सोच र चिन्तन अन्य समाजको भन्दा फरक हुन्छ।यसरी मौलिक र स्वतन्त्र ढंगले सोच्ने र चिन्तन गर्ने समाजले मात्रै नयाँ सृजना र ज्ञानको निर्माण गर्छ ।
यसको विपरीत आयातीत दृष्टिकोण, आयातीत भाष्य र आयातीत मूल्य मान्यतालाई अंगिकार गरेको समाज दास मानसिकता र मनोविज्ञानबाट ग्रसित भएको हुन्छ ।
त्यस्तो समाजले मौलिक र स्वतन्त्र तवरले चिन्तन गर्न सक्दैन ।यसै कारणले धर्म परिवर्तन गरेको समाजमा नयाँ ज्ञानको निर्माण हुन सक्दैन ।
मौलिक चिन्तन प्रणालिको कारणले गर्दानै विद्यालय र विश्वविद्यालय नहुँदा पनि आजभन्दा हजारौं वर्ष अगाडि दक्षिण एसियामा वेद व्यास, वाल्मीकि, महावीर, गौतम बुद्ध, चाणक्य र आर्य भट्ट र चिनमा लाओत्से, कन्फ्युसियस, सुन त्जु र मेन्सियस अनि गोरा समाजमा सुकरात, प्लेटो, अरस्तु र पाइथागोरस जस्ता महान प्रतिभाहरुको जन्म भएको थियो ।
हिजो पनि यिनै समाजमा मात्रै बौद्धिक प्रतिभा जन्मिए । आज पनि यिनै समाजले मात्रै विश्व हलाउने बौद्धिक प्रतिभा उत्पादन गरिरहेका छन् ।
यसको विपरीत धर्म परिवर्तन गरेर आफ्नो मौलिक चिन्तन प्रणालीलाई जरैदेखि उखेलेर फालेका अफ्रीका, ल्याटिन अमेरिका, मध्य एसिया र दक्षिण पुर्वी एसियाका समाजहरुले आजसम्म एक जना पनि चिन्तक, दार्शनिक र नयाँ खोज गर्ने वैज्ञानिक जन्माउन सकेका छैनन् ।
आज यी समाजका सयौं, हजारौं मात्रै होइन लाखौं मानिसले युरोप, अमेरिका र अन्य मुलुकका प्रतिष्ठित विश्वविद्यालयबाट उच्च र आधुनिक शिक्षा हासिल गरेका छन् ।
तर आश्चर्य र विडम्बनाको कुरा अझै पनि अफ्रिका, ल्याटिन अमेरिका, मध्य एसिया र दक्षिण पुर्वी एसियामा विश्वलाई नयाँ गति दिन सक्ने कुनै प्रतिभाको जन्म भएको छैन ।
बरु, अत्यन्तै सानो यहुदी समुदाय जसले अत्यन्तै ठूलो अत्याचार र दमनको वावजुद पनि उसको मौलिक धर्मलाई जिवित राख्यो त्यो समुदायमा विश्वमा क्रान्तीकारी परिवर्तन ल्याउने कार्ल मार्क्स, सिग्मन्ड फ्रेड, अल्बर्ट आइन्स्टाइन लगायत अन्य कैयौं चिन्तक र वैज्ञानिकहरुको जन्म भएको छ ।
धर्मान्तरण र धर्म परिवर्तन रेला ठट्टाको बिषय होइन । यसलाई लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रतासङ्ग मात्रै जोडेर हल्का रूपमा लिनु हुँदैन ।
कालन्तरमा धर्मान्तरणले समाजमा ज्यादै डरलाग्दो परिणाम लिएर आउँछ । अहिले नेपालमा एउटा निहित उद्देश्य र षड्यन्त्रसहित सामुहिक धर्मान्तरण गरिदैछ । यसलाई गम्भिर रूपमा लिएर बेलैमा नियन्त्रण गर्नुपर्छ।यसैमा देश र समाजको भलाइ हुनेछ।
।। चन्द्र हाङ्ग किराँत ।
(नाेट: प्रस्तुत खोज, विश्लेषण र निष्कर्ष किरात मोर्चाका अध्यक्ष मिशेकहाङ किराँतले ७ वर्ष अगाडि मलाई दिनुभएको clue को आधारमा र मेरा अनन्य मित्र डीएन कडेलजिसङ्गको लामो छलफल र बहस पश्चात् तयार गरिएको हो। :लेखक )
प्रकाशित मिति:January 9, 2025