January 28, 2025
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।
मंगलबार बसेको कार्य व्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो ।
सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।
प्रकाशित मिति:January 28, 2025