जसपा नेपालको कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

  Sampatti News Online

February 2, 2025

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक शनिबारदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

आज दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको एजेण्डामाथि छलफल हुनेछ । 

बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायतका छलफल भइरहेको छ । 

प्रकाशित मिति:February 2, 2025